किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

बुधबार, २३ पुष २०७६, १२ : ४१ रितेश त्रिपाठी

वीरगन्ज- पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

घटना भएको प्रहरीले सूचना प्राप्त गरेपछि खोजबिन थालेको थियो। गाउँबाट उत्तरतर्फ करिब २ किलोमिटरमा पर्ने नारा भनिने धुतहा नदीको किनारमा लगेर किशोरीको शव जलाएर पुरिएको अवस्थामा प्रहरीले अवषेश फेला पारेको छ। घटनामा संलग्न भएको भन्दै मृतक किशोरीकी आमा ३० वर्षीया शिवकली देवी, काका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, अर्का काका २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने  १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकी शिवकली मृतक किशोरी पुनिताकी आमा हुन् भने बुवा वीरेन्द्र दास तत्वा फरार रहेका छन्। राजेन्द्र र सन्तोष काका हुन्। पुनिताको हत्या परिवारकै सदस्यबाटै भएको सूचना प्रहरीले पाएको थियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा घटना खुलेको हो। ‘कुटपिट गरेर मारेको भन्ने सूचनाका आधारमा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले भने, ‘प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर शरीरको अवषेशहरु गाडेको अवस्थामा फेला परेको थियो। गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शव जाँच गरि मुचुल्का गरिएको छ।’

इलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको टोलीका अनुसार घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ। बचेको भाग अलि पर लगेर गाडेको फेला परेको छ। प्रहरीलाई घटनाको जाहेरी आएको थिएन। बालिका हराएको निवेदन परिवारबाट प्राप्त भएको थियो। गोप्य सूचनाको आधारमा प्रहरी घटनास्थल र जलाइएको शरीरको अंश फेला परेको थियो। प्रहरीले यसपछाडिको कारण भने प्रारम्भीक रुपमा खुलाएको छैन। ‘हामीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘बयान लिन बाँकी छ, अनुसन्धान पनि बाकी छ। अनुसन्धान गर्दै जाँदा घटनाबारे विस्तृत जानकारी खुल्नेछ।’

परिवारको इच्छा बिपरित छोरीचेलीले प्रेम सम्बन्ध वा घनिष्ट सम्बन्ध कुनै केटा मान्छेसँग बनाएपछि बालिकाहरु मारिएको घटना यसअघि पनि वर्षैपछि सार्वजनिक हुने गरेको छ। स्थानीयले पनि यस घटनालाई त्यसै प्रकृतिको आँकलन गरेका छन्। प्रहरीले भने केही खुलाएको छैन।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad