७ वैशाख २०८१ शुक्रबार
समाज

सर्वोच्चले तोक्यो कार्कीको पेशी, बारले चाहेको थियो स्थगन

प्रधान न्यायाधीशलाई सम्बोधन गरिएको बारको पत्र

काठमाडौं— योग्यता पूरा नगरी लोकमान सिंह कार्की संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा नियुक्त भएकोविरुद्ध जाहेर रिट निवेदनमाथि सर्वोच्च अदालतले बहसका लागि आज बिहीबार पेशी तोकेको छ।

बिहीबार बार दिवसको अवसरमा गोष्ठी र फुटबल खेल हुने हुँदा पेशी स्थगित गर्न बार महासचिव खम्मबहादुर खातीले प्रधान न्यायाधीश सुशीला कार्की समक्ष निवेदन पेश गरेका थिए।

सर्वोच्चका न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्द मोहन र अनिल सिन्हाको ६ नम्वर ईजलाश तोकिएको हो।

नेपाल बार एशोसिएशनले फुटबल खेल्ने कार्यक्रम रहेका कारण बिहीबार पेशी स्थगित गर्न प्रधान न्यायाधीश समक्ष लिखित पत्र पठाएको थियो।

बिहीबार बार दिवसको अवसरमा गोष्ठी र फुटबल खेल हुने हुँदा पेशी स्थगित गर्न बार महासचिव खम्मबहादुर खातीले प्रधान न्यायाधीश सुशीला कार्की समक्ष निवेदन पेश गरेका थिए।

सर्वोच्चले कार्कीविरुद्धको रिटलाई प्राथमिकता दिँदै बिहीबार पेशीमा राखेको हो।

प्रकाशित: ७ पुस २०७३ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App