८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट पाटे बाघको मृत्यु

बर्दिया–पूर्व पश्चिम राजमार्ग अन्र्तगत कर्णाली र अम्रेनी सडक खण्डको कुँवाभारमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट काठमाडाैंतर्फ जादै गरेको ना४ख२८८७ नम्वरको यात्रु बसको ठक्करवाट बाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

वयस्क भालेबाघ मरेपछि निकुञ्लाई ठूलो क्षति पुगेको थापाले बताए। बस र चालकलाई निकुञ्जले नियन्त्रणमा  लिएर घटना के कसरी भएकाबारेमा अनुसन्धान भइरहेको  निकुञ्ज जनाएको छ।

प्रकाशित: ७ पुस २०७३ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App