coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘जोखिमपूर्ण अवस्थामा बालबालिका’

काठमाडौं – नेपालमा बालबालिका जोखिमपूर्ण अवस्थामा रहेका ‘नेपालमा बाल अधिकारको अवस्था–२०७६’ प्रतिवेदनले देखाएको छ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेको प्रतिवेदनमा बालबालिका जोखिममा रहेका देखाएको हो। प्रतिवेदनका अनुसार हराएका बालबालिका न्यून मात्र फेला पर्ने गरेका छन्। बालबालिका खोजतलास केन्द्रको आव २०७५/०७६ को चैत मसान्तसम्म दुई हजार चार सय ८१ बालबालिका हराएका भनी निवेदन परेकामा एक हजार दुई २४ बालबालिका फेला परेका तर एक हजार दुई ५७ बालबालिका हराएका प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आव २०७५÷०७६ को चैत मसान्तसम्म हराएका ३८ प्रतिशत मानिस फेला पर्दैनन्। त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्। नेपाल प्रहरीका ११ जिल्लाको तथ्यांकअनुसार गत आवमा तीन हजार तीन सउ ३२ लाई भारतबाट फर्काइको छ। सोमध्ये ४६ प्रतिशत महिला १४ प्रतिशत बालबालिका रहेको छ। केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार आव २०७५/०७६ मा दुई हजार तीन सय ३० बालबालिका हराएका र त्यसमध्ये ४४ प्रतिशत मात्र फेला परेका छन्।

हराएकामध्ये ६० प्रतिशत बालिका रहेका र हराएका बालबालिका बेचखिनमा परेका अनुमान प्रतिवेदनले गरेको छ। आयोगका अध्यक्ष शर्माले नेपालका बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको र उनीहरूको संरक्षणमा विशेष रूपमा परिवार र परिवारविहीन बालबालिकाको राज्यले हेर्नुपर्ने बताए।

‘नेपालका बालबालिकाका बारेमा अध्ययन गर्दा निकै जोखिमपूर्ण देखिन्छ,’ उनले भने, ‘राष्ट्रका भविष्य रहेका बालबालिकाको अधिकारको संरक्षण गर्नु राष्ट्रको दायित्व हो।’ नेपालका ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का भएका उल्लेख छ। करीब दुई लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिका भिटामिन ए, आइरनजस्ता आवश्यक पोषक तत्वको कमी रहेको प्रतिवेदनमा छ।

नेपालमा पाँच वर्ष उमेर समूहका १३ जनामध्ये एक जनामा मोटोपनाको समस्या देखिएको छ। प्रतिवेदनमा नेपालका २८ प्रतिशत विद्यालयमा छात्रछात्राका लागि छुटाछुटै शौचालयको व्यवस्था नभएको साथै ८३ प्रतिशत किशोरीले महिनावारी भएका समयमा कपडा र केवल १५ प्रतिशत किशोरीले मात्र स्यानीटरी प्याडको प्रयोग गर्ने गरेका उल्लेख छ। नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार बालबालिका नेपालमा कूल जनसंख्याको ४१ दशमलब ८२ प्रतिशत जनसंख्याको १८ प्रतिशत १८ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्।

शिक्षा विभागको २०७४/७५ को तथ्यांक अनुसार माध्यामिक तह कक्षा ९ देखि १२ मा बालबालिकाको खुद भर्ना दर ४३.७ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरावस्थामा नै आमा भइसक्ने गरेका उल्लेख छ। साथै, ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका उल्लेख छ।रासस

प्रकाशित: २३ पुस २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App