७ वैशाख २०८१ शुक्रबार
समाज

पृथ्वीपथ छिचोल्दै राजधानीमा सेना

काठमाडौं – कालो दौरा, कालै सुरुवाल, शिरमा पनि कालै टोपी। कम्मरमा भने सेतो पेटी। त्यो पनि पुरातन शैलीको। पछि–पछि नेपाली सेनाका जवानदेखि प्रमुख सेनानीसम्म। अनि बाजागाजा पनि उत्तिकै बेजोडको। डाँडाकाँडै गुन्जिने। जब सयौं मानिस लामबद्ध र अनुशासितरूपले अगाडि बढे तब देख्नेलाई कौतुहल रोक्ने धैर्य रहेन, आपसमा कानेखुसी गरे। सोधे तिनै सहभागीलाई कोट्याएर बिस्तारै। अनि थाहा पाए– कालो पोसाकधारी त पृथ्वीनारायण शाहकालीन पल्टनको झझल्को नवीकरण गर्ने पो रहेछन्। अनि सर्वसाधारण पनि उनीहरूलाई साथ दिँदै अघि बढेका रहेछन्।

खासमा यो दृश्य नौलो थियो नै, यसले बोकेको सन्देश र उद्देश्य पनि उत्तिकै गम्भीर थियो। नेपाल एकीकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाह र उनको टोली हिँडेको बाटो पछ्याउँदै पल्टनको त्यो समूह गोरखाबाट धादिङ, नुवाकोट हुँदै तारकेश्वर नगरपालिका–३ स्थित पाँचमानेबाट राजधानी काठमाडौं भित्रिँदै थियो। पुस १९ गते गोरखाबाट हिँडेको सेनाको समूह कतै गाउँ–गाउँ छिर्दै, कतै जंगल र भीरपाखा छिचोल्दै अनि कतै उकाली–ओराली गर्दै राजधानी काठमाडौं भित्रिएको हो। यही खुसियालीमा उनीहरूसँग पाँचमानेका स्थानीयले पनि नाचेर, गाएर धेरै बेर रमाइलो गरे।

एक अर्थमा ‘एकीकरण टर्च ¥याली’ पनि थियो यो किनकि सहभागीमध्ये एकले निकै तेजिलो मसाल बोकेका थिए। त्यसलाई निभ्न नदिन पदयात्रामा सहभागी सैनिक हरदम सतर्क देखिन्थे। ‘यो मसालबाट एकातिर गोरेटो र भीरपाखामा यात्रा गर्दा पृथ्वीनारायण शाह र उनको पल्टनले प्रयोग गरेका परम्परागत टर्चको झझल्को दिन खोजिएको हो। अर्कोतर्फ यो मार्ग प्रकाशमा ल्याएर संरक्षण, प्रवद्र्धन गर्नुपर्छ भन्ने सन्देश पनि दिन खोजिएको छ,’ नुवाकोटबाट काठमाडौं प्रवेश गरेको पल्टनसहितको समूहलाई स्वागत गर्दै शमशेर दल गणका प्रमुख सेनानी महेश्वर कार्कीले भने।

गोरखाबाट पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै अघि बढेको सेनासहितको टोली धादिङस्थित सेनाको अर्को समूहलाई मसाल, झन्डा र जिम्मेवारी सुम्पेर कार्यस्थल फर्केको थियो। त्यसैगरी धादिङबाट काठामाडौंतर्फ अघि बढेको टोली नुवाकोट आएर त्यहाँस्थित सेनाको अर्को समूहलाई मसाल, झन्डा र जिम्मेवारी सुम्पेर कार्यस्थल फर्केको थियो। अनि नुवाकोटबाट हिँडेको पल्टनको त्यो समूहले काठमाडौंको सेनालाई मसाल, झन्डा र जिम्मेवारी हस्तान्तरण ग¥यो। गोरखा, धादिङ र नुवाकोटको पदयात्रा टोलीमा ३५ जना सहभागी भए पनि काठमाडौंको टोलीमा भने आफूले ८० जना सहभागी गराएको जानकारी शमशेर दल गणका प्रमुख सेनानी कार्कीले दिएका थिए।

‘एकीकरण पदयात्रा’ मा सहभागीलाई गोरखाबाट काठमाडौं भित्रिँदासम्म ठाउँ–ठाउँमा स्थानीयले स्वागत गरेका थिए। स्थानीय जनप्रतिनिधि, समाजसेवी र इतिहासलाई माया गर्नेले ठाउँ–ठाउँमा स्वागतद्वार बनाएर, टीका, खादा र माला लगाएर स्वागत गरेका थिए। पाँचमानेमा पञ्चकन्न्यासहित महिलाले मात्र बजाएको नौमती बाजाले स्वागत गरियो। ‘नेपाल एकीकरण क्रममा हाम्रो ठाउँ हुँदै पनि हिँडेका थिए पृथ्वीनारायण शाह। यस्तो महŒवपूर्ण इतिहास संरक्षण गर्दै यसलाई दीर्घकालीन पदयात्राका रूपमा विकास गर्न अघि सरेको नेपाली सेनालाई साथ दिन हामी यहाँ आएका हौं,’ तारकेश्वर –३ का वडाध्यक्ष मनोहरि तिवारीले भने।

‘एकता र भाइचारासँगै ऐतिहासिक काम र संस्कृतिप्र्रति सम्मान बढोस् भन्ने हाम्रो चाहना हो’, प्रमुख सेनानी कार्कीले भने, ‘त्यसैले अहिले यो कार्यक्रम सान्दर्भिक ठानिएको हो।’ भ्रमण वर्षमा बढी पर्यटक भिœयाउन पनि यो पदयात्रा सहयोगी हुने उनको भनाइ छ।

गोरर्खाली फौज १८०१ असोज १५ मा नुवाकोटमाथि विजय गरी काठमाडौं उपत्यका प्रवेश गरेको थियो। एकताको सन्देश तथा पदमार्ग क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागार गर्ने यो महत्वपूर्ण कार्यक्रम भएकाले सबैले सहयोग गर्नुपर्ने ककनीका सूर्य तामाङको भनाइ थियो।

पदयात्रा पृथ्वीनारायण शाहले बास बसेका स्थान, पौवा तथा अन्य गतिविधि गरेका ठाउँ पछ्याउँदै अघि बढेको थियो। उतिबेला कान्तिपुर (काठमाडौं) राज्यको अधीनमा रहेको नुवाकोटमाथि विजय गरेपछि उनले काठमाडौं उपत्यकाका तीन राज्यसमेतलाई एकीकरणको मालामा गाँसेका थिए।

प्रकाशित: २३ पुस २०७६ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App