७ वैशाख २०८१ शुक्रबार
समाज

तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ला? यस्तो छ तयारी

कपिलवस्तु– बुद्ध क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य फेरी सुरु भएको छ। आवश्क प्रमाण जुटाउन विदेशी विज्ञसहितको पुरातत्त्वविद् त्यहाँ पुगेको हो। सो टोलीले उत्खनन कार्य समेत थालनी गरेको छ। 
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन ४ वर्ष अघि नै यनेस्कोमा प्रस्ताव गरिएको पुरातत्त्व बिभागले जनाएको छ। युनेस्को र जापानिक फन्ड ईन ट्रस्टको सहयोगमा उत्खननको काम गरिएको हो। 
बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्त्त्व बिभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद्को टोलीले मंगलवार देखि विधिवत् रुपमा उत्खननको कार्य सुरु गरेका  हुन। अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको  हो। 
बुद्धका पीता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा टोलीले सरोकारकावलाबीच राखेको अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ। विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरका अनुसार सो टोलीले तिलौराकोट र आसपासमा यसअघि ६ बर्षसम्म उत्खनन कार्य गरेको थियो। यसपटकको उत्खनन कार्य आगामी २ महिनासम्म चल्नेछ। 
यस बर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुपा, शिवगढ र तिलौराकोटको उत्तर तर्फको खाली ठाउँमा उत्खनन गनिरे कँुवरले बताए। मध्ये भागको सेन्ट्रल कम्प्लेक्सको पश्चिमी गेटको खोजी गरिने छ। यस्तै शिवगढ र तिलौराकोटको उत्तर बाहिर खाली ठाउमा रहेको स्थलमा पहिलो पटक उत्खनन गर्न लागिएको हो। वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भुभौतिक सर्वे, फिल्ड बाकिङ सासोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसंधान गरिने कुँवरले बताए। 
विभाग र कोषले सन २०१२ देखि उत्खनन र अनुसंधानको कार्य थालेको थियो। सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले तिलौराकोटमा उत्खनन गरी दास्रो शताब्दीको शहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिईन। पछि सातौ शताब्दीको प्राचीन खाबोको प्वालहरु भेटिएको दुर्हम विश्व विद्यालयका डाक्टर रबिन कनिङघमले बताए। बिगत ६ बर्षको कार्यबाट तिलौराकोट प्राचीन शहर रहेको पुष्टी भएको उनले बताए। 
देवाल, पोखरी, हतियार बनाउने उद्योग, बाटाहरुको भग्नाबशेष, चाँदीको सिक्का लगातयका वस्तुहरु फेला पारिएकोले कनिङघम निकै उत्साहित देखिनछन्।
टोलीमा दुर्हम विश्वविद्यालयका १२, पुरातत्वविद् २, पुरातत्व विभागका ५ र लुम्बिनी विकास कोषका ५ गरी २० जना रहेका छन्।

प्रकाशित: २२ पुस २०७६ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App