८ वैशाख २०८१ शनिबार
समाज

जाडो छल्न युरोपबाट रारा आइपुगे चरा

फाइल फोटो

मुगु– रारा तालमा यति बेला अगन्तुक चराचुरुङ्गीले भरिभराउ भएको छ। जाडो छल्न युरोप, साईबेरिया, तिब्बेत र भारत लगायतका स्थानबाट चराहरु रारा क्षेत्रमा आएका हुन्।

रारामा बर्सेनी ४९ प्रजातिका चरा आउने गर्दछन्। यसपटक रारामा २० प्रजातीका चरा बसाइसराई गरि आएका छन्। रारा राष्ट्रिय निकुञ्जका अनुसार थप चरा आउने क्रम जारी छ। 

विदेशी चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएको छ। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार हाँस जात्तीका चरा जाडो सुरु भएदेखि मंसिर महिना देखि नै आउने गर्दछन्। ‘कुनै चरा चैत पछी गर्मीमा फर्किर्ने  र कुनै चरा गर्मीपछी पनी आउने गरेका छन्’ संरक्षण अधिकृत भण्डारीले भने, ‘सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेका छन्।’ 
चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षणमा परेको उनको भनाई छ। 
पश्चिमी मूलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन्। अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ। तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ। 

यसै बिच चराको अवलोकन गर्न रारा राष्ट्रिय निकुञ्जमा नेपाल पन्छी संरक्षण संघ पुगेको छ। संघका अनुसन्धान अधिकृत मोहन बिक्रम श्रेष्ठका अनुसार रारामा सगरमाथाको उचाई भन्दा माथिबाट उड्न सक्ने महत्वपुर्ण चरा खोया हाँस, ग्यालागुज हाँस र संकटापनमा परेका हाँस पनि रारामा भेटिएको बताए।
उनका अनुसार रारा ताललाई स्टेशन जस्तो बनाई चराहरु आउने जाने गरेका उनको भनाई छ। रारा ताल आगन्तुक चराको लागी महत्वपूर्ण छ। 
रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन। तर अहिले रारामा हिउँदे अवलोकनमा १ सय दुई प्रकारका चरा भेटीएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए।

प्रकाशित: २२ पुस २०७६ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App