सामूहिक राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

बिहिबार, ०७ पुष २०७३, १० : ३५ प्रवीण ढकाल  | @praveendhakal

काठमाडौं–सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णयगरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी राजीनामा दिएका करिव १२ सय इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्तला दिने निर्णय गरेको हो।

पुनर्निर्माणमा खटिएका करिब १२ सय इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियरले मंगलबार आयोजना प्रमुख शिवहरि शर्मालाई सामूहिक राजीनामापत्र बुझाएका थिए । भत्ता बढाउनुपर्ने, बिमा गर्नुपर्नेलगायत माग राख्दै आन्दोलित उनीहरूले सरकारले माग पूरा नगरेको भन्दै  राजीनामा दिएका थिए। सरकारले उनीहरुको माग सम्बोधन गर्न भन्दै ७५ प्रतिशतसम्म प्रोत्सहन भत्ता दिने निर्णय गरेको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए।

पीडित परिवारले घर बनाउन सुरु गरेको समयमा इन्जिनियर र प्राविधिकले आन्दोलन गर्दा काम रोकिन पुगेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि भूकम्पपीडितको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो। तर सरकारले भने उनीहरुको माग सम्बोधन गर्न प्रोत्साहन स्वरुप ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो।

सरकारले पुनर्निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन भूकम्प अतिप्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर खटाएको थियो ।
 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad