coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवाले बाँडे एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा

सिन्धुलीको सुनकोसी गाउँपालिका ७ स्थित भिमेश्वर आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा। तस्बिर:अनिल/नागरिक

सिन्धुली- यहाँको एक दुर्गममा रहेको सरकारी विद्यालयका विद्यार्थीलाई केहि युवाहरुले न्यानो कपडा वितरण गरेका छन्। सुनकोसी गाउँपालिका ७ नागीस्थित भिमेश्वर आधारभुत विद्यालयका कक्षा १ देखि ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरिएको हो।

कमलामाई नगरपालिका २ चियाबारी आसपासका दर्जन बढी युवाहरुले रकम संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। विद्यालयमा रहेका ७६ जना विद्यार्थीलाई ज्याकेट, टोपी जुत्ता मोजा वितरण गरिएको हो। स्थानीय योगेश प्रधानको अगुवाईमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो। 'विद्यालयमा दैनिक पढ्न आउने विद्यार्थी सामान्य सर्ट र पाइन्टको भरमा जाडोले काम्दै आएको देखे, अनि मैले सबै साथीहरुलाई अनुरोध गरेर न्यानो कपडा वितरण गरेको हु,' उनले भने।

न्यानो ज्याकेट र एकरङगी टोपी पाएपछि विद्यार्थी खुसी भएका थिए। विद्यालयमा युवाहरुले उदाहरणीय काम गरेको विद्यालयका प्रध्यानध्यापक सोना लामाले बताए। युवाहरुको सहयोगी मनले राम्रो कपडा लगाउनसम्म धौ धौ हुने दुर्गमको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले न्यानो कपडा पाए, उनले भने, यहि कार्यरत शिक्षिका रेश्मा प्रधानको सक्रियतामा विद्यार्थीले न्यानो बाड्न युवाहरु जुटेका हुन्।

 

प्रकाशित: २२ पुस २०७६ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App