७ वैशाख २०८१ शुक्रबार
समाज

आगलागीबाट साढे दुई लाख बढीको क्षति

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–९ चम्कीपुरस्थि एक फुसको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा साढे दुई लाख बढीको क्षति भएको छ। स्थनीय दुर्गाबहादुर खत्रीको घर नजिकै रहेको विद्युत ट्रान्सर्फर सर्ट भई स्पार्किङबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो।

अस्थायी प्रहरी चौकी जहदी अनुसार आगलागी हुँदा घरमा रहेको अन्नपात, काठ, फर्निचर, लत्ताकपडा सबै नष्ट भएका छन्। आगलागीमा परी पक्षघातले थला परेका ६६ वर्षे खत्री घाइते भएको वडा अध्यक्ष शिवबहादुर वाग्लेले बताए। उनको बाया खुट्टा जलेको छ। यस्तै ३ वटा बाख्रा जलेर मरेका छन्। दुई वटा भैसीका पाडासमेत जलेर गम्भीर घाइते भएका छन्। घाइते खत्रीका छोरा किशोरले बुवालाई जेनतेन बचाए पनि घर भने जलेर नष्ट भएको बताए।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। उता जगदशीपुर ताल घुम्न आएका एक भारतीय नागरिकले पीडित परिवारलाई वडा अध्यक्ष वाग्लेको रोहोवरमा दश हजार रुपैयाँ नगद प्रदान गरे। भारतको गोरखपुरको बैजलपुरका दिनेशकुमार शुक्लाले पीडित परिवारलाई दश हजार रुपैयाँ दिएका थिए।

रकमले पीडित परिवारलाई केही भए पनि राहत मिल्ने उनले बिश्वास ब्यक्त गरे। उता वडा अध्यक्ष वाग्लेले पनि वडाको तर्फबाट निर्णय गराएर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे।

प्रकाशित: २२ पुस २०७६ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App