८ वैशाख २०८१ शनिबार
समाज

बन्द छैन, ढुक्क भएर गाडी चलाउनुस्

काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वले बन्दको आह्वान गरेपनि आज राजधानीका सडकमा यातायात आवतजावत सामान्य छ। राजधानीमा चल्ने विभिन्न रुटका गाडीहरु सामान्यरुपले चलिरहेको ट्राफिक महाशाखाले जनाएको छ। अप्रत्यासित घटना हुन नदिन चोक चोकमा प्रहरी तैनाथ छन्। प्रहरीले ढुक्क भएर गाडी चलाउन पनि अनुरोध गरेको छ। 

यसैबीच बन्द गराउन हिँडेका विप्लब माओवादीका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बिहानै सडक अवरुद्ध पार्नेक्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। 

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै विप्लब माओवादीले उपत्यका बन्दको घोषणा गरेको थियो। 

प्रकाशित: ७ पुस २०७३ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App