coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हचुवाको भरमा निर्णय गर्दा पार्टी संकटमाः वरिष्ठ नेता पौडेल

फाइल फोटो

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट बहुमतका आधारमा परित निर्णयहरुप्रति असहमति जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पोडेलले जानकारी दिए। 

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताए। उनले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताए।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निश्कर्षमा पुग्ने बताए। 

प्रकाशित: २१ पुस २०७६ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App