किशोरीहरु उच्च जोखिममा

सोमबार, २१ पुष २०७६, १५ : २६ नागरिक

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु उच्च जोखिममा रहेको औल्याएको छ।

नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो औल्याएको हो। मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताए।

२६ दशमलव ३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष चपेटामा परेका छन् भने, २६ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका छन्। सदस्य अन्सारीका अनुसार नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको सिकार बन्ने गरेका छन्। जसमा १८ वर्षमूनिका धेरै छन्।

बालविकास खोजतलास केन्द्रका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा २ हजार ४८१ जना बालबालिका हराएकोमा १२२४ जना मात्रै फेला परेका छन्। फेला नपरेका १२५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएका भएको हुन सक्ने आयोगले जनाएको छ। गत आर्थिक वर्षमा ३ हजार ३३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

आयोगका अध्यक्ष अनुपराज शर्मा परिवारबाट नै बालबालिकाहरुमाथि विभेद रहेको बताउँछन्। शिक्षा दिने कुरामा नै आमाबुवाले छोरा र छोरीबीच विभेद गर्ने गरेको पाइएको उनले बताए।

‘छोरीलाई सरकारी र छोरालाई बोर्डिङ स्कुल पढाउने चलन अहिले पनि रहेको पाइन्छ। वंशज भनेको बाबुबाट मात्रै सुरु हुन्छ आमाको हुँदैन भन्ने कुरा अहिले पनि छ’ उनले भने। ‘नेपालको संविधानले नै महिलाले नागरिकता गुमाउन पनि हुन्न भन्ने आफ्नो राष्ट्रियता छोरा छोरीमा ट्रान्सफर गर्न सक्छ पनि भन्ने तर त्यसको विपरित ऐन लागु गर्ने।

·आयोगको अध्ययन प्रतिवेदनले जबरजस्ती करणीमा परेको पीडितहरुमध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ। पीडकहरु मध्ये ३० प्रतिशत जनजाती पीडक रहेको प्रतिवेदनले देखाएको छ। 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad