coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारी समूहको आक्रमण

काठमाडौं- जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको हमलामा कयौं प्राध्यापक र विद्यार्थी घाइते भएका छन्। नकावधारी एक समूह विश्वविद्यालयमा प्रवेश गरेर आक्रमण गरेको थियो। उनीहरु होस्टेलमा समेत प्रवेश गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार जेएनयूमा ५० भन्दा बढी नकावधारी प्रवेश गरेक थिए। उनीहरुले रड तथा लाठी बोकेका थिए। आक्रमणमा १८ भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

घाइते विद्यार्थीको उद्दारको लागि सात वटा एम्वुलेन्स परिचालन गरिएको थियो। घटना पछि विश्वविद्यालय गेटमा भारी संख्यामा प्रहरी परिचालन गरिएको थियो। विद्यार्थीले राति दिल्ली प्रहरी मूख्यालय अगाडि प्रदर्शन गरेका थिए। मुम्बईको गेट अफ इन्डियामा समेत विद्यार्थीले प्रदर्शन गरेक थिए।

दिल्ली प्रहरी मुख्यालय बाहिर प्रदर्शनमा रहेका विद्यार्थी र प्राध्यापकले दिल्ली प्रहरीका प्रवक्ता एमएस रंधवासाग भेटेर आफ्ना माग राखेका थिए। उनीहरुले घाइते विद्यार्थीको उपचार र आक्रमणकारीलाई कारबाहीको माग गरेका छन्। घाइते विद्यार्थीको एम्स ट्रामा सेन्टरमा उपचार भइरहेको छ।

जेएनयू छात्र संघका पूर्व अध्यक्ष मोहित कुमार पाण्डेले फेसवुकमा एक पोष्ट गर्दै हमलाको आरोप भारतीय जनता पार्टीको छात्र इकाई अखिल भारतीय विद्यार्थी परिषदलाई लगाएका छन्।

जेएनयू छात्र संघले पनि यो हमलामा एबीवीपीका गुण्डाको हात भएको बताएको छ। अखिल भारतीय विद्यार्थी परिषदले एक विज्ञप्ति जारी गर्दै यो आक्रमणमा वामपन्थी विचारधाराका विद्यार्थीको हात रहेको बताएको छ।

 

प्रकाशित: २१ पुस २०७६ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App