coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मिडियाले हाम्रो कुरा लेख्दैनन् : दलित सांसद

काठमाडौं – दलित सांसदले नेपाली मिडियाले आफूहरूलाई स्थान नदिएको गुनासो गरेका छन्। आइतबार राजधानीमा क्रियाशिल दलित पत्रकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै दलित सांसदले आफूहरूको कुरालाई सञ्चारमाध्यमले स्थान नदिएको बताएका थिए। संसद्मा बोलेका महत्वपूर्ण विषयसमेत मिडियाले नलेखेपछि फेसबुकमा राखेर आफ्नो कुरा सार्वजनिक गर्ने गरेको उनीहरूले बताए।

‘जति महत्वपूर्ण विषयमा कुरा उठाउँदा पनि मिडियाले नलेखेपछि आफ्नो समाचार आफै फेसबुकमा राखेर प्रचार गर्दै आएको छु,’ प्रतिनिधीसभा सांसद आशाकुमारी विकले भनिन्। अर्की सांसद अञ्जना बिसंखेले मिडियाले सेलीब्रेटी सांसदको कुरा मात्रै बाहिर ल्याउने गरेको आरोप लगाइन। ‘हामी सेलीब्रेटी हुन सकेनौं नेपाली मिडियाले सेलीब्रेटी सांसदको कुरा मात्र बढी लेख्छन्,’ उनले भनिन्। ‘उठ्दै नउठेका विषयमा धेरै पटक बोल्दा पनि मिडियाले बाहिर नल्याएको उदाहरण धेरै छन्,।’

दलितको मानवअधिकार र सामाजिक मुद्दालाई मिडियाले स्थान नदिएसम्म समस्या समाधान नहुने भएकाले सामाजिक मुद्दा ओझेलमा पर्न नदिने सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने सांसद छविलाल विश्वकर्माले बताए। नेपाली कांगे्रसका नेता एवं सांसद मानबहादुर विश्वकर्माले सञ्चारकर्मीहरू दलितका मुद्दामा अझैसम्म पनि गम्भिर हुन नसकेको बताए। ‘हामीले बोलेको कुरा गैरदलित पत्रकारले राम्रोसँग लेखेको मेरो अनुभव छैन,’ उनले भने ‘कहिले लेखेपनि नबोलेको कुरा मात्रै लेख्ने गरेका छन्, राम्रो कुरा लेख्दैनन्।’

सांसद मीन विश्वकर्माले दलित समुदायका सञ्चारकर्मीको क्षमता वृद्धि गरेर मिडियाको नेतृत्वमा पुगेमात्रै दलितका विषय सञ्चारमाध्यममा प्राथामिक्ता पाउने बताए। दलित सञ्चारकर्मीको मिडियामा नेतृत्व तहमा नपुगेसम्म समस्या उस्तै रहने उनको भनाइ थियो।

प्रकाशित: २१ पुस २०७६ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App