coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कम्युनिस्टहरूको कार्यभार

इन्द्र गौतम
कम्युनिस्टहरूको सवाल–‘संसार बुझ्नु मात्र होइन,बदल्नु हो।’ वर्गीय समाजलाई मानव समाजमा बदल्ने बाटो समाजवादी र साम्यवादी क्रान्तिकारी बाटो हो। सोभियत संघ विखण्डनपछि जसरी कम्युनिस्ट आन्दोलन रक्षात्मक भयो। यसको असर विश्व कम्युनिस्ट आन्दोलनमा पनि प-यो। तर पूर्वी युरोपका मुलुकमा जे अपेक्षा गरिएको थियो, त्यो पुँजीवादीहरूले अझै पूरा गर्न सकेका छैनन्। यसबाट के बुझ्नुपर्छ भने कम्युनिस्ट आन्दोलनको औचित्य झन् स्थापना भएको छ।र, यो विचारले विश्व बदल्छ।

नेपालका सन्दर्भमा ७० वर्षको राजनीतिक आन्दोलनको इतिहास छ। यस अवधिमा विभिन्न समयमा भएकासशस्त्र तथा शान्तिपूर्ण संघर्ष, जनयुद्ध र जनआन्दोलनद्वारा सामन्तवादी केन्द्रीकृत एकात्मक राज्यसत्ताअन्त्य भयो। र, सबै तहमा समानुपातिक, समावेशी प्रतिनिधित्वसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।

नेपाली कम्युनिस्टराजनीतिक आन्दोलनले विचार र दर्शनका हिसाबले आध्यात्मवादको प्रतिनिधित्व गर्ने ‘हिन्दूराज्य’अन्त्य गरी भौतिकवादको प्रतिनिधित्व गर्ने धर्मनिरपेक्ष राज्य कायम गरेको छ। सामाजिक न्यायसहितको समाजवादउन्मुख अर्थतन्त्र विकासगर्ने विषय संविधानमै उल्लेख गरिएको छ।

परिवर्तन आफैंबाट सुरु गरी पहिले आफूबदलिने, संगठन बदल्ने र समाज बदल्ने प्रक्रिया नै क्रान्ति हो। ‘समृद्ध नेपाल ः सुखी नेपाली’ आजको क्रान्तिको अभिभारा हो।

संविधानमा ग्यारेन्टी गरिएका विषयतत्कालै कार्यान्वयन गर्न र न्यायपालिका, कर्मचारीतन्त्र, सेना–प्रहरीलगायतको व्यापक पुनःसंरचना तथा आत्मनिर्भर अर्थतन्त्रसहित व्यापक औद्योगीकरण र पुँजीवादीकरण प्रक्रियाद्वारा सामाजिक–आर्थिक रूपान्तरण गर्ने कुरा कम्युनिस्ट र उसको सरकारका लागि ठूलो चुनौतीहो।किनकि हामीकहाँ परिवर्तनलाई विश्वास नगर्ने यथास्थितीवादी केही शक्ति सलबलाइरहेका छन्।

अबको कम्युनिस्ट यात्रा वैज्ञानिक समाजवादी क्रान्ति हो। यो कठिन छ। तर यो  पूरा गर्नु परिवर्तनमा विश्वास गर्ने सबैकोदायित्व बन्नुपर्छ। यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत एकताको राजनीतिक प्रतिवेदनमा भनिएको छ– ‘तुलनात्मक रूपमा प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वासप्रति हामी आभारी छौं र गम्भीर पनि छौं।इतिहासले सुम्पेको यस अवसरसदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी असफल हुनेछांै। यसले समग्र कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई संकटमा पु-याउनेछ।’ निश्चय नै युगांैदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवं पार्टी पंक्तिको रूपान्तरण सहज छैन, तर हामीले रूपान्तरण गर्नैपर्छ र हुनैपर्छ। यसका लागिसबैको साथ पार्टी र आन्दोलनप्रति प्रविबद्ध हुनुपर्छ। यस सन्दर्भमा आजको कम्युनिस्टआन्दोलन निम्न पक्षमा केन्द्रित हुनुपर्ने देखिन्छ।

राजनीतिक कार्यभार ः संविधानको रक्षा र कार्यन्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो र यसले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत विकास गर्छ। प्रतिक्रान्तिका अवयव सलबलाइरहेको अवस्थामा कम्युनिस्ट पार्टीको एकतालाई थप सुदृढ गर्दै प्रगतिशील शक्तिसँग कार्यगत एकतागरेर त्यस्ता प्रतिक्रान्तिकारी तत्वहरूलाई परास्त गर्न राजनीतिक कार्यकर्ता सक्रिय हुनुपर्छ। नेपालको सामाजिक–राजनीतिक अवस्था, भूराजनीतिक अवस्था, विज्ञान, प्रविधि, सूचना–सञ्चारका क्षेत्रमा भएको तीव्र  विकास र त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थिति, विभिन्न शक्तिकेन्द्रको अवस्था (चीनको बेल्ट एन्ड रोड इनिसियटिभ अर्थात् समाजवादी बजार व्यवस्था र अमेरिकाको इन्डो–प्यासेफिक रणनीति अर्थात् पुँजीवादी बजार व्यवस्था), भारतको विस्तारवादी नीतिर त्यसको हस्तक्षेप तथा प्रभावका कारण हाम्रो राजनीतिमा मात्र होइन, सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणमै ठूलो प्रभाव परिरहेको छ। यी सबै परिस्थितिको ठोस विश्लेषण गरी पुँजीवादी राजनीति (जनताको जनवाद) का बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी आन्दोलनको आधार तयार गर्नु नै कम्युनिस्टहरूको राजनीतिक कार्यभार हुनुपर्छ।

मार्क्सवादभित्र हुर्किएको दलाल पुँजीवाद र समाजवादको नाराभित्र हुर्किएको प्रतिक्रान्तिलाई देख्न र बुझ्न धेरै गाह्रो छ। त्यसैले कम्युनिस्ट पार्टीलाई निरन्तर माक्र्सवादी बनाउने कुरा नै हाम्रो सन्दर्भमा आजको क्रान्ति हो।

वैचारिक कार्यभार ःमानव जातिले हालसम्म प्राप्त गरेको क्रान्तिकारी चेतनाका आधारमा नेपाली समाजलाई मौलिक ढंगबाट एक हदसम्म जनताको जनवाद स्थापना गर्न सफल भएका छौं। माक्र्सवादका आधारमा भएका नेपाली राजनीतिक आन्दोलन तथा वर्गसंघर्षका विभिन्न रूप र प्रक्रियाले माक्र्सवादी चेतना थप विकास गर्दै लगेका छन्।

पुँजीवाद÷साम्राज्यवादले आफ्नो वैचारिक आधार उत्तरआधुनिकवादलाई विज्ञान, प्रविधि, सूचना–सञ्चारको दुरुपयोग गरी विश्वव्यापीकरण गरिरहेको छ। कतै प्रत्यक्ष÷परोक्ष युद्धद्वारा, कतै विभिन्न संघ÷संस्थाद्वारा र प्रत्यक्ष÷परोक्ष अन्य विभिन्न प्रक्रियाद्वारा आफ्नो विचार प्रयोग गरी मूलतःकम्युनिस्ट आन्दोलन रोक्ने दुष्प्रयास गरिरहेको छ। त्यसविरुद्धसर्वहारावर्गको माक्र्सवादी विचारलाई अहिलेको युगअनुसार थप विकास गर्दै विकसित विज्ञान, प्रविधि र सूचना–सञ्चारको प्रयोगद्वारा विश्वका श्रमजीवी जनतासम्म पु¥याउने र त्यस वैज्ञानिक विचारलाई पुँजीवादी÷साम्राज्यवादी विचारको विकल्पकारूपमा स्थापना गर्नु कम्युनिस्टहरूको वैचारिक कार्यभार हुनुपर्छ।

आर्थिक कार्यभार ःसामन्ती, नोकरशाही, दलाल पुँजीवादी शोषणका सबै अवशेषतथा परनिर्भरता अन्त्य गर्दै व्यापक औद्योगीकरण, पुँजीवादीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै सामाजिक न्याय र न्यायोचित वितरणका आधारमा ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नारा व्यवहारमा कार्यान्वयन गर्नु आजका कम्युनिस्टहरूको आर्थिक कार्यभार हो। आजको युग जुनसुकै कोणबाट हेर्दा पनि साम्राज्यवाद र सर्वहारावर्गको टकरावको युग हो।

युद्ध पुँजीवाद नै साम्राज्यवादको अर्थ–राजनीति हो। जसले युद्धद्वारा पुँजीकेन्द्रित गर्ने तथा विश्वभर ऊर्जाका स्रोत नियन्त्रण गर्ने, बिनाधितो, बेरोकतोक डलर छाप्ने, बहुराष्ट्रिय कम्पनीका नाममा ठूलठूला उद्योगधन्दा स्थापना गरी विश्वभरिका प्राकृतिक स्रोत/साधन दोहन, सस्तोमा मानवश्रम शोषण गरी व्यापक मात्रामा अतिरिक्त पुँजी केन्द्रित गरिरहेको छ।

परम्परागत कृषि प्रणालीअन्त्य गरी व्यावसायिक र औद्योगीकरण गर्दै आफू र आफ्ना परिवार, गाउँ, प्रदेश र देश नै आत्मनिर्भर कसरी बनाउने भन्ने प्रश्न कम्युनिस्टहरूको पहिलो र प्रधान प्रश्न हो। अर्गानिक कृषि व्यवसायव्यवस्थित बनाउँदै भारत, चीनलगायतविकसित देशमा अर्गानिक कृषि बजार विस्तार गर्ने, पानीको सही उपयोग गरी खानेपानी, सिँचाइ, जलविद्युत्मा आत्मनिर्भर हुने, विश्वकै धेरै जनसंख्या भएको चीन र भारत हाम्रा छिमेकी भएकाले पर्यटन उद्योग विस्तार गरी बहुआयमिक र उपलब्धिमूलक बनाउने,अन्य उद्योगस्थापना गर्ने, प्राकृतिक स्रोत–साधन कडाइसाथ रक्षा गर्ने तथा चीन र भारतले नेपाललाई आफ्नो बजारकारूपमा तानातान गरिरहेकाले उनीहरूको व्यापार औपनिवेशिकताको अन्त्य गर्ने सवाल कम्युनिस्टहरूको अर्को महत्वपूर्ण चुनौती हो। आत्मनिर्भर व्यापार नीति अवलम्बन गर्ने तथाचीन र भारतमा भइरहेको व्यापक औद्योगीकरणको ठीक ढंगले उपयोग गर्नेकम्युनिस्टहरूको वैज्ञानिक नीति हुन आवश्यक छ।

कम्युनिस्ट(समाजवादी) कार्यभार ःआजमाक्र्सवादभित्र हुर्किएको दलाल पुँजीवाद र समाजवादको नाराभित्र हुर्किएको प्रतिक्रान्तिलाई देख्न र बुझ्न धेरै गाह्रो छ। त्यसैले कम्युनिस्ट पार्टीलाई निरन्तर माक्र्सवादी बनाउने कुरा नै हाम्रो सन्दर्भमा आजको क्रान्ति हो।

आफ्नै टाउकामा आगो झोस्ने आँटद्वारा मात्र त्यो सम्भव छ।कम्युनिस्टभित्र भएका सामन्तवाद र दलाल पुँजीवाद, भ्रष्टाचार, अवसरवाद र निम्न पुँजीवाद, चरम आत्मकेन्द्रित व्यक्तिवाद र अराजकता त्याग गर्नु आफ्नै टाउकामा आगो लगाउनुजस्तै कठिन काम हो।

परिवर्तन आफैंबाट सुरु गरी पहिले आफूबदलिने, संगठन बदल्ने र समाज बदल्ने प्रक्रिया नै क्रान्ति हो। ‘समृद्ध नेपाल ः सुखी नेपाली’ आजको क्रान्तिको अभिभारा हो। जुन अहिलेको सरकारको पनि कार्यभार हो। व्यक्तिमा  आत्मसंघर्ष, पार्टीभित्र दुर्ईलाइन संघर्ष र समाजमा वर्ग संघर्ष निरन्तर चलाइराख्नु नै सांस्कृतिक क्रान्ति हो।

देश र जनताको सेवा गर्ने, विज्ञान र क्रान्तिकारी सिद्धान्तमा विश्वास गर्ने।श्रम र सादा जीवनशैलीमा विश्वास गर्ने। अनुशासनमा विश्वास गर्ने। व्यक्तिगत सम्पत्तिभन्दा सामूहिक सम्पत्तिमा विश्वास गर्ने। कार्यकर्ता र जनताको हृदयमा बस्न सक्ने। क्रान्तिकारी विचार र राजनीतिलाई व्यवहारमा कार्यान्वयन गरी आम श्रमजीवी, उत्पीडित वर्गमा विश्वास जगाउन सक्ने पार्टी निर्माण गर्नु आजकाकम्युनिस्टहरूको कार्यभार हुनुपर्छ। अनि मात्र हामीले चाहेजस्तो नयाँ नेपाल निर्माण हुनेछ।
नेकपा, प्रदेश ३ कमिटी, सचिवालय सदस्य

प्रकाशित: २१ पुस २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App