coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे १५ करोड राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं - राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर (भ्याट)को नक्कली कारोबार र भन्सार चोरी पैठारी गर्ने दुई व्यापारिक फर्मविरुद्ध साढे १५ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागका अनुसार काठमाडौंको अग्रिम इन्टरप्राइजेज÷अग्रिम निर्माण सेवा र सन्दिप टे«डिङविरुद्ध १५ करोड ५१ लाख बिगो असुली एवं बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायमाग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

अग्रिम इन्टरप्राइजेज÷अग्रिम निर्माण सेवाका प्रोप्राइटर नविन चौलागाईंसहित चारजनाविरूद्ध १२ करोड ८७ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।विभागका अनुसार अभियोगपत्रमा उनीहरुलाई बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ। एउटै प्यान नम्बर भएका यी दुई कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठो र नक्कली भ्याट बिल खरिद गरेर राजस्व छलेको विभागको दाबी छ।

विभागले गरेको अनुसन्धानबाट ती कम्पनीले तीन करोड ६७ लाखरूपैयाँ भ्याट र नौ करोड २० लाखरूपैयाँ आयकर छलेको खुलेको हो। विभागले प्रोप्राइटर चौलागाईंसहित फर्मका कर्मचारी तोयनाथ अधिकारी, अडिटर रामबहादुर तामाङ र दीपककुमार कोइरालालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

विभागका अनुसार काठमाडौंकै सन्दीप ट्रेडिङकी प्रोप्राटर प्रमिलाकुमारी साह र मुनेशकुमार रौनियारविरुद्ध भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको छ। उनीहरुलाई दुई करोड ६४ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ। यी दुवैलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

प्रोप्राइटर साह र रौनियारले भ्याट बिल जारी नगरी सादा बिलबाट सामान बिक्री गर्दा कर विवरण तथा आय विवरणमा समावेश गरेको नदेखिएको र भौतिक गणनामा फरक पारेर राजस्व छलेको विभागले जनाएको छ।

प्रकाशित: २१ पुस २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App