८ वैशाख २०८१ शनिबार
समाज

मौसममा फेरि बदलीः बेलुकीदेखि देशैभर बर्षा र हिमपात हुने

काठमाडौं - पश्चिमी वायुको प्रभावले मौसममा फेरि बदली आउने भएको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भूभागमा आंशिक बदली रहनेछ।

पश्चिम र पुर्वका एक/दुई स्थानमा हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भू-भागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको महाशाखाले जनाएको छ।

यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २१  गते (सोमबार)
दिउँसोः देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पुर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ।

 रातिः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२  गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ भने पुर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडि भु-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 पौष २३  गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित: २१ पुस २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App