coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ मा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक तीन सातापछि सारेको छ। पार्टी एकीकरणपछि दोस्रोपटक पुस २३ गते बस्न लागेको केन्द्रीय कमिटीको बैठक तीन साता पछि धकेलिएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको हो। सचिवालय बैठकले माघ १५ मा गते प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेकपामा एकातर्फ कमिटीकै एकीकरण टुंगिएको छैन भने केन्द्रीय कमिटीको बैठकसमेत नियमित बस्न सकेको छैन। यसले नेता र कार्यकर्तालाई निस्क्रिय बनाउने र त्यसबाट पार्टीलाई ठूलो क्षति हुनसक्ने चिन्ता बढिरहेका बेला गत पुस ६ गते सम्पन्न भएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। राष्ट्रियसभाको निर्वाचन तयारीका लागि समय अपुग भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपरेको नेकपा सचिवालयले जनाएको छ।

नेकपा सचिवालय बैठकमा सभामुख चयनका विषयमा छलफल भए पनि निर्णय हुन सकेको छैन। सभामुखमा पदमा संसदीय दलका उपनेता सुवास नेम्बाङ र स्थायी कमिटी सदस्य अग्नि सापकोटामध्ये एकजना बनाउने भन्नेबारे एक मत भए पनि निर्णय भने भएको छैन। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ले नेम्वाङ र सापकोटाको विषयमा अडान कायमै राखेका थिए। दुवै अध्यक्षले आफ्नो अडान कायम राखेपछि कुनै पनि निर्णय हुन नसकेको सचिवालय बैठक स्रोतले जनाएको छ।

प्रकाशित: २१ पुस २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App