८ वैशाख २०८१ शनिबार
समाज

स्वस्थ्य मन्त्रालयले डडेल्धुरा अस्पताललाई झुक्कायो

डडेल्धुरा– स्वास्थ्य मन्त्रालयले डडेल्धुरा अस्पताललाई तोके भन्दा कम डाक्टर पठाएर झुक्काएको छ।

मन्त्रालयले १४ जना चिकित्सकहरु पठाएको जनाएपनि २ जनालाई मात्रै अस्पतालमा खटाएको छ। मन्त्रालयले  तोकेको १४ जना मध्ये ७ जना चिकित्सक अध्ययन बिदामा छन्। 

स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्रै तीन जना स्थाई र ११ जना करार गरी १४ जना चिकित्सक डडेल्धुरा अस्पतालमा पठाएको थियो।

११ जना स्थाई मध्ये एक आफु भएको अस्पतालका निमित्त मेडिकल सुपेरीटनडेण्ट डा. जगदिश चन्द्र बिष्टले बताए। तीन जना बिषेशज्ञ चिकित्सकमा ठाँउमा अहिले एक जना मात्रै पुगेको र एक आफु लगी दुई जना असपतालमा पुगेको आईतबार पत्रकारसंग गरेको परिचयात्मक कार्यक्रममा उनले बताए।

एक जना चिकित्सक प्रदेश तर्फबाट बाजुरामा काज मिलाएर गएका छन भने एक जना सुत्केरी बिदामा रहेको उनले बताए। 

दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्य कर्मी नहुँदा डडेल्धुरा अस्पतालले प्रदान गर्ने सेवा दिन सकेको छैन। उप क्षेत्रीय अस्पतालबाट संघीय सरकार मातहतमा स्तर उन्नती भएपनि स्वास्थ्य कर्मीको अभावमा सेवा प्रभावित छ। 

कर्मचारी समोजन उक्त अस्पताल झनै लथालिङ बनेको देखिन्छ।

प्रकाशित: २० पुस २०७६ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App