coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

के शिक्षा सूचनाको बोझमात्रै हो?

काठमाडौं– माधवप्रसाद अर्यालले भगवत गीतालाई नेपालीमा अनुवाद गरेका छन्। उनले ज्ञान आफैंमा निहित हुने बताउँछन्। अहिलेको शिक्षा र वैदिक शिक्षाबारे उनको आफ्नै वुझाई छ।

‘ज्ञानम् चेतनायम निहीतम्’ अर्थात ज्ञान भनेकै भित्री चेतनाको जाग्रित रुप हो। भगवत गीताले ज्ञान आफैंमा निहीत हुने परिभाषित गर्छ। 

फेरी समकालिन समाजले ज्ञानलाई फरक शैलीमा अभ्यास गरिरहेको छ। अहिलेको समाजले बाहिरी ज्ञानले भित्री चेतनालाई जाग्रित पार्न प्रयासरत छ। यसलाई पश्चिमी अभ्यासको रुपमा समेत अर्थाइने गरेको पाइन्छ। 

अहिले वैदिक शास्त्र अर्थात पूर्वीय दर्शन र पश्चिमी दर्शनबीच द्वन्दत्मक अवस्थामा छन्। त्यसो भए वास्तविक ज्ञान के हो त
महर्षि महेश योगी आधुनिक विश्वले विश्वास गरेका वैज्ञानिक हुन्। उनले श्रीमद्भागवत गीतामा आधारित रहेर भावादित ध्यानलाई निकै गहिरो अध्ययन गरेका छन्। उनको अध्ययन वैज्ञानिक दृष्टिकोणले समेत पुष्टि हुन्छ। उनै महर्षिबाट प्रशिक्षित हुने नेपाली पहिलो विद्यार्थी हुन् माधवप्रसाद अर्याल। 

तनहुँका उनी पछिल्लो २० वर्षदेखि महर्षि महेशयोगीको भावादित ज्ञानलाई गहिराईमा पुगेर अध्यायन गर्दै आएका छन्। ‘पूर्वीय वैदिक साहित्यको अत्यान्तै ठूलो ज्ञानको भण्डार हो वेद’ अर्याल भन्छन्,‘वेदअन्तर्गत धेरै साहित्यिक ग्रन्थ छन्, भगवत गीतालाई अनेकैं ग्रन्थको सार मानिन्छ।’ त्यही सार मानिएको ग्रन्थलाई नै अर्यालले अनुवाद गरेका हुन्। ‘भगवान कृष्णले ज्ञान हाँसिल गर्न अर्जुनलाई प्रेरित गर्न दिएको ज्ञान नै वास्तविक शिक्षा वा वैदिक शिक्षा हो’ उनी भन्छन्।

अहिले शिक्षा र वेद

‘वेदमै आधारित भएर लेखिएको किताबमा विशेष गरी शिक्षालाई नै मुख्य जोड दिएको छ’ उनी भन्छन्, ‘अहिलेको शिक्षा इन्फरमेसनको भारी मात्रै हो।’

अहिले विद्यालय शिक्षा प्रणाली पश्चिमेली शिक्षाबाट प्रेरित रहेको मानिन्छ। उनी त्यसबाट खुशी छैनन्। त्यसबाट सूचना मात्रै पाइने ज्ञान नपाइने बताउँछन्। 
‘एउटा विद्यार्थीसंग आफ्नै शैली हुन्छ, प्रतिभा र लक्ष्य हुन्छ। तर समसायिक शिक्षा प्रणालीले विद्यार्थीको क्षमता चिनेर काम गरेको छैन। र विद्यार्थीहरुले पनि त्यसलाई भारीकै रुपमा लिएको देखिन्छ।’ सबै क्षमताका विद्यार्थीलाई एकै स्थानमा राखेर पढाउने शैलीको उनी विरोध गर्छन।

वैदिक शिक्षाले कसरी आफ्नै बारे पत्ता लगाउने काम गर्छ?
‘वैदिक ध्यानले भित्री ज्ञानलाई बाहिर ल्याउने गर्छ। अहिलेको शिक्षाले विद्यार्थीहरुमा तनाव मात्रै थपेको छ। शुष्म  अध्ययनाबाट  प्राप्त गरिएको ज्ञान नै शक्तिशाली हुन्छ। एटम बम जती  शुष्म हुन्छ त्यती नै शक्तिशाली हुन्छ’ उनी भन्छन्। 

‘अहिले ८५ प्रतिशत रोग तनावबाट सृजना हुने गर्छ। यो चिकित्साशास्त्रले प्रमाणित गरेको विषय हो। तनाव शारिरबाट निस्किन्छ। चिन्ता मानसिकतामा निहीत हुन्छ। मन भने सधै खुशीको खोजीमा रहन्छ। यो मनको स्वभाव हो। मनले खुशी नभेटेपछि चञ्चल हुन्छ, अनि दुःखी हुन्छौं हामी।’ तर हामीलाई हामी भित्रै निहीत खुशी भने भेट्टाउन सकेका छैनौ।

त्यो खुशी भावातित ध्यानबाट प्राप्त गर्न सकिन्छ। यो वेदले सिकाएको सबै भन्दा सरल र सहज टेक्निक हो। हामीले २० वर्षदेखी यही विषयमा अध्ययन अध्यापन गर्दै आएका छौं। भावातित ध्यानले मनलाई एकाग्र बनाउँछ। र, मानिसले आफुलाई चिन्न सक्छ। अनिमात्रै वास्तविक ज्ञान उसले प्राप्त गर्न सक्छ। भित्री सत्ताबाट जब हामी प्रेरित हुन्छौं, वास्तिविक ज्ञान शिक्षा र खुशी पाउँछौं।’

सफलताको शुत्र

अर्याल भन्छन्, ‘सफलहरु गहिराईमा पुगेर सोच्छन्, तर एकै विषयमा सोच्छन्। असफलहरु धेरै विषयमा सोच्छन्, सतही सोच्छन्। वेदमा सफलताको लागि वैदिक प्रविधि छ।’

उनी त्यस्तो खाले सफलतालाई आत्मिक सत्ता, ब्रम्ह सत्ता, सामाधि सत्ता समेत भन्छन्। ‘आत्मशक्तिमा समाधान हुन्छ। मैले अहिलेसम्म किताब वा पत्रपत्रिका पढेर महान बनेको व्यक्ति देखेको वा सुनेको छैन’, उनी भन्छन्। 

ध्यान र धर्म

‘ध्यान भन्ने वित्तिकै कुनै धर्मसंग जोडेर त्यसलाई साँघुरो पार्ने काम गरिदैँ आएको छ। यो बाहिरी शिक्षाबाट प्रेरित वैदिक दर्शनमाथीको प्रभाव हो।

समग्र मानव जीवनको विषयमा वेदले वोलेको छ। यो विषय कुनै धर्म वा सम्प्रदायसंग जोडिनु हुन्न। जो कोहीले पनि भावादित ध्यान लिन सक्छन्’ अर्याल भन्छन्,‘ वैज्ञानिक विधिबाट पुष्टि भएको विषय हो।’
‘बहुमुखी मनलाई अन्तरमुखी पर्ने काम नै भावातिद ध्यानको काम हो’ कुराकानीको अन्त्यमा उनी भन्छन्।

प्रकाशित: २० पुस २०७६ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App