८ वैशाख २०८१ शनिबार
अर्थ

काममा नफर्किए इन्जिनियरलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं— भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई काममा फर्किन निर्देशन दिँदै नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलित इन्जिनियर तत्काल काममा नफर्किए कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको हो।

भूकम्पपछिको पुननिर्माणमा खटिएका करिब १ हजार २ सय इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियरहरुले मंगलबार आयोजना प्रमुख शिवहरी शर्मा समक्ष सामुहिक राजिनामा दिएका थिए। तलबभत्ता, बीमा, कामगर्ने कार्यालय, आवास, भत्तालगायतका सेवा सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका उनीहरुले मंगलबार भने राजिनामा दिएका थिए।
प्राधिकरणले भने आफ्ना आर्थिक मागहरुलाई अघि सारेर भूकम्पपीडितको सम्वेदनामाथि खेलबाड गरे उनीहरुलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी विज्ञप्ती जारी गरेर दिएको छ।

सरकारले भूकम्पपछिको पुनर्निर्माका लागि भूकम्प अति प्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर, ६ सय ५० सब इन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सब इन्जिनियर गरी २५ सय ७५ जना प्राविधिकलाई पनुर्निर्माणका लागि खटाएको थियो ।

प्रकाशित: ६ पुस २०७३ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App