coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा ९ उम्मेदवार

दाङ- राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेदवारी परेको छ। आईतवार दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, नेकपा,राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टीका ९ उम्मेदवारले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए।

राष्ट्रियसभा सदस्यका लागि आइतवार विहान १० वजेदेखि दिउँसो ३ बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। दलहरुले उम्मेदवारी दर्ताका क्रममा घोराहीमा शक्ति प्रदर्शन समेत गरेका थिए। ९ जना उम्मेदवार मध्य यो प्रदेशबाट तीन जना निर्वाचित हुने छन्।

जसअनुसार ‘अन्य’ तर्फ चार जनाको उम्मेदवारी परेको छ। अन्यमा नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट गोपाल भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि अपांगता तथा अल्पसंख्यक तर्फ तीज उम्मेदवारको उम्मेदवारी परेको छ। जसअनुसार नेकपाबाट जगप्रसाद शर्माको उम्मेदवारी परेको छ। उनि यसअघि प्रदेशसभा सभा निर्वाचनमा दाङ ३ (क) बाट पराजित भएका थिए। यसैगरि कांग्रेसबाट मेराज अहमद हलवाईको उम्मेदवारी परेको छ भने समाजवादीबाट सुनिल कुमार सिंगलको उम्मेदवारी परेको निर्वाचन कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। यसैगरि महिला तर्फ २ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट बिमला घिमिरेको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट गिरिजादेवी न्यौपानेको उम्मेदवारी परेको निर्वाचन कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। उनका अनुसार अन्य,अपांगता/अल्पसंख्याक तथा महिलाबाट एक/एकजना निर्वाचित हुने छन्।

माघ ९ गते दाङमा हुने प्रदेश नम्बर ५ को राष्ट्रियसभा निर्वाचनमा ३ सय ५ मतदाताले मतदान गर्ने छन्। प्रदेशसभा सदस्य र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख मतदाता रहने यो निर्वाचनमा प्रदेशसभा सदस्य सहित प्रदेशभरकै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु मतदानका लागि दाङ आउने छन्।

८७ जना प्रदेशसभा सदस्य र प्रदेशका कुल १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जनाले यो निर्वाचनमा मतदान गर्ने छन्। प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने छ भने स्थानीह तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ। यसरी प्रदेश नम्बर ५ को कुलमत भार ८ हजार १ सय हुने छ। ‘प्रदेशसभा सदस्यको मतभार ४८ हुने छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ,’ निर्वाचन कार्यालयका प्रमुख सुवेदीले भने ‘यो मतभारका आधारमा हुने निर्वाचनबाट तीन उम्मेदवार निर्वाचित हुने छन्।’ माघ ९ गते हुने निर्वाचनका लागि तयारी ब्यापक पारिएको समेत उनले वताए।

 

प्रकाशित: २० पुस २०७६ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App