७ वैशाख २०८१ शुक्रबार
राजनीति

डिआईजी बढुवाबिरुद्ध लोकसेवामा उजुरी

काठमाडौं– प्रहरीका एकजना वरिष्ठ उपरिक्षकले पुष एक गते गृह मन्त्रालयले गरेको प्रहरी नायब महानिरीक्षक बढुवामा अन्याय भएको दाबीसहित लोकसेवा आयोगमा उजुरी दिएका छन्। प्रहरी वरिष्ठ उपरिक्षक लब बिष्टले बुधबार बढुवा सिफारीसमा आफूलाई अन्याय भएको भन्दै आयोगमा उजुरी दिएका हुन्।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारीसमा वरियताक्रममा एक नम्बरमा रहेका वरिष्ठ उपरिक्षक बिष्टबाहेक अन्य तीनजनालाई नायब महानिरीक्षकमा पुष एकमा बढुवा सिफारीस गरेको थियो । प्रहरीमा एकजना नायब महानिरीक्षकको पद रिक्त रहेपनि गृह र प्रधान कार्यालयले  तीनजनालाई बढुवा सिफारीस गरेको थियो।

प्रहरी नियमावलीले दिएको अधिकार प्रयोगगर्दै आफुले उजुरी दिएको एसएसपी विष्टले नागरिकसँग भने । उनले आफूलाई आयोगले न्याय गर्ने बताउदै भने ‘मलाई अन्याय भएको छ, नियम अनुसार आज (बुधबार) उजुरी दिएको छु, आयोगको निर्णय न्यायपूर्ण हुनेमा पूर्ण बिश्वास छ,’ ।

प्रहरीमा बरियताक्रम अनुसार डिआईजीमा  बढुवाका लागि २०६७ पुष १६ मा एसएसपी बढुवा भएका लब बिष्ट, रमेशकुमार भट्टराई, गणेश केसी र केदारमानसिंह भण्डारी थिए । गृहले बरियताक्रममा तीन नम्बरमा रहेका गणेश केसीलाई एक नम्बर र क्रमस भण्डारी र भट्टराईलाई बढुवा सिफारीस गरेको हो । प्रहरी नियमावली अनुसार कार्य सम्पादन, शिक्षा, पदक र प्रहरी महानिरीक्षकले दिने अंक जोडेर केसीले ८१ प्रतिशत, भट्टराईले ७९ प्रतिशत अब्बल ठहर भएका थिए ।

प्रहरीमा २०४४ चैत्र २९ मा सेवा प्रवेश गरेका चारैजनामध्य हाल रिक्त एक सिटमा कसलाई लैजाने गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबिच मतान्तर रहेको थियो। कार्य सम्पादन र संगठनमा ब्यवसायिक छबी बनाएका केसीको बढुवाका लागि मन्त्रालय र प्रधान कार्यालय दुबै सहमत रहे पनि बरियतमा पहिलो रहेका बिष्टलाई पन्छाएर भट्टराई र भण्डारी बढुवामा सिफारीसमा परेका हुन् । प्रहरीमा पुष ५ मा अवकाश भएका  हेमन्त मल्ल र केशव अधिकारीको सिटको गणनागर्दै एक गते नै गृहले बढुवा सिफारीस गरेको हो।

 

 

प्रकाशित: ६ पुस २०७३ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App