coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मानेभञ्ज्याङ्ग गाउँपालिकामा एक वर्षभित्रै बिजुली बल्ने

ओखलढुंगा- मानेभञ्ज्याङ्ग गाउँपालिकामा एक वर्षभित्र विधुत बल्ले भएको छ। गाउँपालिकाको नौ वटै वडाहरुमा विधुत लाईन विस्तार गरि एक वर्षभित्र विधुत बल्ने भएको हो। शुक्रबार मानेभञ्ज्याङ्ग गाउँपालिकाको आयोजनामा भएको त्रिपक्षिय छलफलमा पालिकाको सम्पूर्ण वडाहरुमा विधुत पुर्‍याउने विषयमा छलफल भएको गाउँपालिकाका अध्यक्ष मोतिराज राईले बताए।

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र रुम्जाटारका प्रमुख, सोलु–मिर्चैया करिडोरका आयोजना प्रमुख तथा ग्रामिण विधुतिकरण आयोजनाका प्रमुख र गाउँपालिकाका जनप्रतिनिधीहरुको त्रिपक्षिय भेलाले गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विधुत सेवा पुर्‍याउने विषयमा छलफल भएको थियो।

करिडोर प्रभावित क्षेत्रमा परेकाले करिब २० करोड बराबरको रकम मानेभञ्ज्याङ्ग गाउँपालिकामा विधुत विस्तारका लागि खर्च गरिने ग्रामिण विधुतिकरण आयोजनाका प्रमुख नारायण प्रसाईले बताएका छन्। मापदण्द अनुसार करिडोर आसपासको तीन किलोमिटर क्षेत्रमा विधुतिरणको काम गर्नुपर्ने भए पनि आवश्यकता र गाउँपालिकाले माग गरेको क्षेत्रमा विधुत पुर्‍याइने उनको भनाई छ। तर करिडोर क्षेत्रमा गाउँपालिका वा अन्य निकायबाट विधुत पुर्‍याउनु पर्ने प्रसाईले बताए। नेपाल विधुत प्राधिकरणबाट एक करोड पाँच लाख रुपैयाँ मानेभञ्ज्याङ्ग गाउँपालिकाका लागि छुट्टिएको ओखलढुंगा वितरण केन्द्रका प्रमुख सन्जिव साहले बताए। चालु आर्थिक वर्षमा विधुतिकरणका लागि अन्य गाउँपालिकाहरुका लागि समते बजेट विनियोजन भएको साहको भनाई छ।

यसका साथै गाउँपालिकाले पनि करिब एक करोड बढी रकम विधुतका लागि विनियोजन गरेको छ। करिडोर आसपासमा सोलुकरिडोर ग्रामिण विधुतिकरण आयोजनाले विधुत विस्तार गर्ने भएकाले गाउँपालिका र प्राधिकरणबाट विनियोजित बजेट वडा नं. ३, उवु र वडा नं.२, वाक्सामा विधुत विस्तारका लागि खर्च गर्न वाक्साका वडा अध्यक्ष उमेश कार्कीले माग गरेका छन्। करिडोरको तीन किलोमिटर क्षेत्रमा उवु र वाक्सा बाहेक अन्य वडाहरु समेटिने छन्।

यस्तै कार्यक्रममा उपस्थित सुनकोशी गाउँपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले यो वर्षभित्र गाउँपालिकाको सम्पूर्ण वडा कार्यालयमा विधुत विस्तार गरिने बताएका छन्। त्यसका लागि बजेटको व्यवस्था हुनुका साथै सुनकोशी गाउँपालिका–९ कोषभञ्ज्याङ्गमा सव स्टेशन निर्माणको काम सुरु भएको प्रमुख अधिकारीको भनाई छ।

 

प्रकाशित: २० पुस २०७६ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App