coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं हुँदै भारतमा सुन तस्करी

काठमाडौं - प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई भारतीयलाई पक्राउ ग¥यो। दुबईबाट त्रिभुवन विमानस्थल उत्रिएका उनीहरूको योजना त्यो सुन भारत पु-याउने थियो। विमानस्थलमा भन्सार जाँच क्रममा नवीन गोपिचन्द र सुरेशलाल भारतलाई प्रहरीले सुनसहित पक्राउ गरेको थियो। उनीहरुले सुन निलो प्लास्टिकमा बेरी मलद्वारमा लुकाएर ल्याएका थिए।

त्रिभुवन विमानस्थलबाट नेपाल भित्र्याएको सुन भारत पु¥याउन दलालहरुले सीमानाका प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। सीमानाकामा हुने फितलो जाँच र अनुगमनको फाइदा तस्करले लिन्छन्। भित्रुवन विमानस्थलका निमित्त प्रहरी प्रमुख एसएसपी रामकृपाल शाहले तस्करले त्रिभुवन विमानस्थललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन भारत लैजान थालेको बताए। उनले भने, ‘शुक्रबार पक्राउ परेका दुईजनाले सुन सवारीसाधन प्रयोग गरेर सीमानाकाबाट भारत पु¥याउने योजना बुनेका रहेछन्।’ शाहका अनुसार पुस १५ गते पनि सुन बोकेर त्रिभुवन विमानस्थलमा झरेका भारतीय नागरिक ३१ वर्षीय सुनिल हरिराम पक्राउ परेका थिए। उनी पनि दुबईबाट आएका थिए। भारतीय तस्करले अन्य मुलुकबाट भारतमा अवैध सामग्री तथा सुन भित्र्याउन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएको अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार विमानस्थलबाहेक सीमाबाट पनि सुन तस्कर हुन्छ। तस्करले उत्तरी र दक्षिणी सीमानाकाबाट पनि नेपालमा सुन भित्र्याउँछन्। तस्करबाट बरामद सुन प्रहरीले भन्सार कार्यालयलाई बुझाउँछ। भन्सारले आवश्यक अनुसन्धान गरी कारबाही गर्छ। प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/७१ मा ८९ किलो ९ सय ६७ ग्राम ७ सय ४३ मिलिग्राम, ०७१/७२ मा १ सय ११ किलो ४ सय ४५ ग्राम, ०७२/७३ मा ६८ किलो ६ सय ६ ग्राम र ०७३/७४ मा ७० किलो ९ सय ७५ ग्राम, ०७४/७५ मा ७६ किलो दुई सय ग्राम र ०७५/७६ मा ४६ किलो २ सय ग्रामभन्दा बढी सुन बरामद भएको छ।

प्रकाशित: २० पुस २०७६ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App