७ वैशाख २०८१ शुक्रबार
समाज

कुख्यात अपराधी ‘साइला’ पक्राउ

काठमाडौं– ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका धादिङ खनियाबासका साइला भन्ने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन्।

३७ वर्षे साइलामाथि हत्या, डकैती तथा लुटपाट मच्चाई आरोप छ। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले उनलाई ‘कुख्यात अपराधी’ संज्ञा समेत दिदैं आएको छ।

कास्की पोखरा महानगरपालिका–२५ खुट्टेगौंडाबाट पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। साइलामाथी धादिङका  शिव थापाको हत्या गरेको आरोपमा जिल्ला अदालतले ५ वर्ष कैद तोकेको छ।

उनले २०६७ सालमा धादिङ्ग दार्खा–१ पातले भिर स्थितमा धारिलो हतियार प्रहार गरी  थापाको हत्या गरेका थिए। त्यस्तै धादिङ कै भिषण सिंखडालाई पनि उनले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। 

२०६९ सालमा धादिङ दार्खा –१ रातमाटेमा सिंखडालाई हत्या गरी घटना पश्चात फरार भएको थिए।  केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार साइलाले धादिङका कैलाश दिक्षितको साथबाट ६ लाख १० हजार रुपैयाँ र मोबाईल समेत चोरी गरेका थिए। 

प्रहरीका अनुसार उनी धादिङका विभिन्न क्षेत्रलाई आधार बनाएर अपराधिक क्रियाकलाय गर्दै आएका थिए।

प्रकाशित: १९ पुस २०७६ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App