coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागमा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मानित

(गुफाडाँडा) सिन्धुपाल्चोक– १३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मनित भएका छन्।

पर्यटकीयस्थल गुफाडाँडामा प्रथम जलवायु दिवस तथा भ्रमण वर्ष–२०२०को सुभारम्भको अवसरमा उनीहरु सम्मानित भएका हुन्।

सम्मानित हुनेमा करातेकी कुसुम खड्का, टेक्वान्दोकी काजल श्रेष्ठ र फुटबलका विकेश कुथु रहेका छन्। उनीहरुलाई संघीय सरकार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्मान गरे।

जलवायु परिवर्तनबाट हिमाली क्षेत्र सबै भन्दा धेरै समस्यामा पर्दै आएको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाले जलवायु दिवसको अवसरमा साढे दुई हजार मिटरको उचाईमा खेलाडीहरुलाई सम्मानपत्र वितरण गरेको हो।

गुफाडाँडा त्यही स्थान हो, जहाँ गत वर्ष पुसमा ७७ जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख भेला गराएर जलवायु सम्मेलन गरिएको थियो।

प्रकाशित: १९ पुस २०७६ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App