यसकारण कांग्रेस प्रवेश गरिनन् सरिता लामिछाने

बुधबार, ०६ पुष २०७३, १२ : १४ स्मृति ढुंगाना  | @aesmriti

काठमाडौं-नेपाली कांग्रेस पार्टी प्रवेशको खबरबाट अभिनेत्री सरिता लामिछाने आश्चर्यमा छिन्। बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्डमा कलाकारहरु रामकेशर बोगटी, रिस्ता बस्नेत, पुष्कर लामा र सरिता लामिछानेको नाम आएपछि उनी आश्चर्यमा परेकी हुन्।

‘म राजनीतिमा विश्वास राख्ने सचेत नेपाली नागरिक हुँ। देश विकासमा राजनीतिले महत्वपूर्ण भूमिका खेल्छ,‘उनी भन्छिन्,‘कलाकारितामा लागेर देशको सेवा गरिरहेको छु। तर, आजसम्म कुनै पार्टीको सदस्ता लिएको छैन्। एक्कासी नेपाली कांग्रेस पार्टी प्रवेशको खबर सुन्दा आश्चर्य र निरास भएकी छु।’

हाल दोहामा हुने फिल्म अवार्डको निर्माणकको रुपमा रहेकी अभिनेत्री लामिछाने राजनैतिक पार्टीभन्दा देश ठूलो रहेको कुरामा विश्वास राख्छिन्। ‘सचेत भएर होस या अचेत होस् हामी राजनैतिक कुराहरु धेरै थोरै सुन्छौं र बुझ्छौंपनि। मलाई जुन दिन राजनैतिक पार्टीको सदस्यता दिनुपर्ने महशुस हुनेछ। त्यसदिन पक्कैपनि सदस्यता लिउँला,’उनले थपिन्,‘तत्काल मेरो लागि कुनै राजनैतिक पार्टीभन्दा देश सबैभन्दा ठूलो हो।’

निर्देशक तुलसी घिमिरेद्धारा निर्देशित ‘मुक्ति’ नामक नेपाल टेलिभिजनबाट प्रसारण हुने सिरियलबाट नेपाली रंगमञ्चमा प्रवेश गरेकी अभिनेत्री लामिछानेले विभिन्न नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन्।  यसअघि कांग्रेसले विज्ञप्ति जारी गरी कलाकार सरिता छामिछाने कांग्रेस प्रवेश गर्ने जनाएकाे थियाे।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad