८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

भक्तपुर- अरनिको राजमार्गमा अन्तर्गत भक्तपुरको सल्लाघारीमा शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको कन्टेनर गाडी ब्याक गर्न सहचालक झरी साइड माग्ने क्रममा सोही दिशाबाट आइरहेको बा ९२ प ३४०९ नं.को स्कुटरले सहचालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

फरकुवाबाद भारत बस्ने वर्ष  २५ का नरेन्द्र पाललाई स्कुटरले ठक्कर दिँदा घाइते भई उपचारका लागी नजिकैको डा.इवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। स्कुटर चालक भक्तपुरको सूर्यविनायक ९ नलिनचोक बस्ने वर्ष ३८ का बसन्त देउजा र उक्त नम्वरको स्कुटर महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत पञ्चलाल गोलले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

यस्तै, शुक्रबार भक्तपुरको चाँगुनारायण १ दुवाकोट खड्का डिलमा नेपाल इन्जिनियरिंग कलेजबाट दुवाकोटतर्फ आउदै गरेको बा. १ ख ९०९० नं को भाडाको बस (रत्नपार्क दुवाकोट चल्ने) अनियन्त्रीत भई सडक छेउमा खस्न गई भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। चाँगुनारायण १ बस्ने राम श्रेष्ठको जग्गा भाडामा लिई टहरा बनाई बसेको सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ घर भई हाल सोही स्थान बस्ने वर्ष ३० का भीमबहादुर योञ्जन (तामाङ) को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बसमा सवार यात्रु उदयपुर सोरङ नगरपालिका ४ बस्ने वर्ष ३४ का चित्रबहादुर थापा घाइते भएका छन। उनलाई उपचारका लागी दुवाकोट अस्पताल छ भने  सामान्य उपचारपश्चात थापा डिष्चार्ज भएको परिसरका सूचना अधिकृत पञ्चलाल गोलेले बताए। घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरिएको छ।

दोलखा सैलुङेश्वर गाउँपालिका ४ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने बस चालक वर्ष ३९ का बेदबहादुर चौलागाई बसलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको जनाइएको छ।



 

 

 

प्रकाशित: १९ पुस २०७६ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App