७ वैशाख २०८१ शुक्रबार
समाज

एयरपोर्टमा ७० लाखको बुद्ध मूर्ति

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ। सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो। भ्रमण वर्षको प्रवर्द्रधन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पुर्‍याउने छ। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले यो मुर्तिको अनावरण गरे। भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन्। सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

मन्त्री भट्टराईका अनुसार बुद्धको मुर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ। मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गरेका हुन्। विमानस्थलमा मुर्ति स्थापनापछि बुद्धको देश नेपालमा आइयो भन्ने अनुभुति हुने र यसले छुट्टै किसमको आनन्द अनुभुति हुने समेत उनले बाताए। 

एक वर्ष अघि देखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो। एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मुर्तिहरु राखिएका छन्। अझैपनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७६ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App