coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिनु हत्या आरोपीलाई कारागार चलान

पाल्पा- स्थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो मुद्दाका आरोपी पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र सासु पार्वती बस्याललाई मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बहसमा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले तिनै जनालाई ज्यान सम्बन्धी महलको १३ ९३० बमोजिम सजाय हुनुपर्ने माग गरेका थिए प्रहरीले २४ औँ दिनसम्मको अनुसन्धान पछि अदालतमा सो मुद्दा दायर गरेको थियो । रासस

प्रकाशित: ६ पुस २०७३ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App