काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो।
लिगका दुई अपराजित टोलीद्वय मनाङ मर्याङदी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको छ।
भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ। यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी गर्यो। पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो। तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए।
त्यसो त आयोजक एन्फाले दर्शक दीर्घामा दर्शक तान्ने विभिन्न आयोजना ल्याए पनि दर्शक लिगका खेल अहिलेसम्म आएका छैनन्। मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा दर्शकको ओइरो रहेको थियो। तर नेपाली फुटबलको मेरुदण्डको रुपमा हेरिएको सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित भएको हो। पाँचो चरणका खेल दशरथ रंगशालमा तय भए हिलो मैदानका चैत्र १४ र १८ गते अस्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्धको खेलमा मैदान विग्रने डरले जोखिम नलिएको सञ्जीव मिश्रले बताए।
लिगमा चौथो चरणका खेल समाप्त भइसकेका छन्। केही खेल एन्फा मुख्यालयमा सञ्चालन भए भने केही खेल दशरथ रंगशालमा सञ्चालन भए। तर लिगको महत्वपूर्ण मानिएको पाँचौ चरण खेलमा दर्शक र खेल व्यवस्थित गर्न दशरथ रंगशाला नै एन्फाले तोकेको हो। अन्य देशमा मैदानको पानी फाल्नका ढल निकासका लागि विशेष योजना मिलाइएको हुन्छ। तर रंगशालामा यस्तो नभएको सञ्जीव मिश्रले बताए।
चौथो चरणका खेल सम्पन्न हुँदा साविकको च्याम्पियन मनाङ मर्याङ्दी फुटबल क्लब लिगको शीर्ष स्थानमा छ। तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ।
यस्तै तालिकाको दोस्रो स्थानमा एक अंक घटुवा भएको मच्छिन्द्र समान जित र एक बराबरीका साथ ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। यस्तै विभागीय टोली त्रिभुवन आर्मी समान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा अर्को अपराजित टोली जावालखेल युथ क्लब ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ।
प्रकाशित: १९ पुस २०७६ ०९:४० शनिबार