८ वैशाख २०८१ शनिबार
अन्य

मचान ३

रजस्वला बन्द भएको तेस्रो दिन। मलाई कस्तो अनौठो छटपटीले सतायो। उनी विदेशबाट फर्केदेखि फेरि बाहिर गएनन्। आफ्नै खेतबारी गरेर बसे। उनी बारीमा काम गर्दै थिए। म कलौ (बिहानको नास्ता) पकाइरहेकी थिएँ। कलौ पकाएर उनका लागि बारीमा लिएर गएँ। उनी र सासू पस्नी...ले माटो खन्दै काउली रोपिरहेका थिए। कलौ आलीमा राखेर उनीतिर हेरेँ। उनका कस्ता मोटा र बलिष्ठ हात–खुट्टा। हाँस्दा मिलेका दन्त लहर, कति मिलेका दारी। उनीतिर म आकर्षित भइरहेकी थिएँ। आलीमा बस्दै सासूको आँखा छलेर ढेका (माटाको डल्ला) ले उनको पिठ्युँमा हानेँ। मैले हानेको देखेर उनी मतिर हेर्दै आवाज ननिकालीकन मुसुक्क हाँसे। सासूतिर इसारा गर्दै भने, ‘बदमास मैया थाह पाब तै।’ (बदमास, आमाले थाहा पाउनुहुन्छ।) मैले नि आँखाको इसारामा भने, ‘थाह पाबतै त कथि हेतै ?’ (थाहा पाए के हुन्छ ?) सासू आफ्नै धुनमा काम गरिरहेकी थिइन्।

त्यही मौका छोपेर मैले फेरि उनलाई एक ढेका हानेँ। उनले फेरि सासूतिर इसारा गर्दै भने, ‘बदमासी नै कर्’, (बदमासी नगर्। योपटक सासूले थाहा पाएर मतिर हेरिन्, तर थाहा नपाएजस्तो गरिन्। सासूले थाहा पाएको भएर म लाजले भुतुक्कै भएँ। काम गर्न छाडेर दुवैजना आलीमा आए। मैले दुवैजनालाई कलौ खान दिएँ। आमा–छोराले खेतबारीका बारेमा कुरा गर्दै कलौ खाइरहेका थिए। सासूको आँखा छल्दै म उनीतिर हेरिरहेकी थिएँ। मिलेको नाक र गाला, छोटो कपाल भएका उनी हिस्सी देखिएका थिए। उनलाई समातेर क्वाप्प म्वाइँ खाइदिउँजस्तो लाग्यो। सासू खेतमा भएकीले मैले आफूलाई नियन्त्रण गरेँ।

दुवैजनालाई कलौ खुवाएर म घर फर्कें। उनले मेरो मनको भाव बुझे क्यार। म फर्केको एकछिनपछि उनी पनि घर फर्केर आए। म आँगन बढारिरहेकी थिएँ। उनले पस्नी ओसरामा राख्दै मलाई भने, ‘अत या’, (यहाँ आ।)। उनी आएको देखेर मैले सोधेँ, ‘खेतको काम सक्नु भो ?’ मेरो कुरा सुनेर उनले भने, ‘होइन बाँकी छ। पानी खाएर आउँछु भनेँ आमालाई।’

सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ?

उनी घरभित्र छिरे। म पनि कुचो फालेर उनको पछिपछि गएँ। उनले केही भन्नुअघि दुवै हात फट्याउँदै उनलाई अँगालो हालेँ। उनको जिउबाट पसिनाको गन्ध आइरहेको थियो। तर, मलाई केही फरक परेन। मनपर्ने मान्छेको सबै कुरा राम्रो लाग्छ, मलाई उनको पसिनाको अमिलो, टर्रो गन्ध पनि बास्नादार लाग्यो।

जसै उनले एक हातले मलाई अँगालोमा बाँध्दै अर्को हातले मेरो छाती सुमसुम्याए, ममा एउटा तरंग फैलियो, मेरो जिउभरिका नसाले चलमलाएझैँ भयो। उनले मेरो निधारमा स्पर्श गर्न थाले। उनको स्पर्शमा हेरचाह पाएँ। त्यही हेरचाहले मलाई उनीतिर तान्यो। मैले आपूmलाई रोक्नै सकिनँ। उनले हल्का स्पर्शले मेरा गाला मुसार्न थाले। म उनको स्पर्शले गलेको अनुभव गर्न थालेँ। आफ्ना हात–खुट्टा सबै लथालिंग फालेर उनको छेउमा पूरा जिउ सुम्पिदिउँझैँ लाग्यो। उनले मेरा ओठ अाैंलाले स्पर्श गर्न थाले, मैले आँखा बन्द गरेँ। मेरो बन्द आँखाले उनलाई मतिर झन्झन् आकर्षित गरिरहेको थियो। मेरो खुलेका ओठले उनको बन्द ओठलाई गिज्याइरहेको थियो। मेरा खुलेका ओठको भावलाई उनले राम्ररी पढिसकेका र बुझिसकेका थिए। यो कस्तो माया ! एक–अर्कालाई जति माया गरे नि नपुग्ने। यो कस्तो छटपटी ! छटपटीले जति बिथोलिए पनि थकाइ नलाग्ने ?

अचानक मेरो हात पनि उनको गालामा पुग्यो। उनको दारी गालादेखि बंगारासम्म कति मज्जाले फैलिएका। साँच्चै भन्नुपर्दा उनको दारी चलाउन मलाई साह्रै रमाइलो लाग्यो। दारी चलाउँदाचलाउँदै मैले उनको नाक तानेँ। मैले उनलाई जिस्काएकी हुँ भनेर उनले थाहा पाए, अनि मेरा औँलामा टोकिदिए। मैले उनको घाँटी चलाउँदै कपाल मुसार्न थालेँ। उनी छटपटाउन थाले र त उनले आफूलाई नियन्त्रण गर्न सकेनन्। उनले जसै मेरो ब्लाउज खोले, मेरा स्तन पहिलाको भन्दा पनि झन् पोटिला र ठुल्ठूला देखिए। उनको अगाडि अर्धनग्न भएकी म लमतन्न परेर पलङमा पल्टेँ। उनले मलाई केही भन्नुअघि मैले आफ्नो ब्लाउज फुकालिसकेकी थिएँ। मलाई कति हतार भएको होला। छ्या लाजै मर्नु। मलाई थोपो पनि लाज लागेन। मलाई अर्धनग्न देखेर उनले हतारिँदै कोठाको ढोका लगाएर आग्लो लगाए। उनी पनि पूराका पूरा नांगो भए। म जति उग्र थिएँ, त्यस्तै रूप देखाउँदै उनी मेरो जिउमा खप्टिए।

एक महिनापछि रजस्वला भइनँ। यो महिना रजस्वला ढिला पो हुन्छु कि भनेर बसिरहेकी थिएँ। रजस्वला हुँदै भइनँ। केही खान मन लाग्दैनथ्यो। खानेकुरा जे पनि गन्हाउँथ्यो। जे खाए पनि बान्ता हुन्थ्यो, थकाइ लाग्थ्यो। हात–खुट्टा गलेजस्तो हुन्थ्यो। कुनै काम गर्न मन लाग्दैनथ्यो। ओठ, मुख सुक्दै गएको थियो। जहाँ बस्थेँ, त्यही पिच्च–पिच्च थुक्थेँ। दुब्लाउँदै गएकी थिएँ। आँखा र गाला तल धसिइसकेका थिए। धेरै कमजोर भइसकेकी थिएँ। यो सबै गर्भवतीको लक्षण थियो र म गर्भवती भएकी थिएँ। आफू गर्भवती भएको थाहा पाएर साह्रै उदास थिएँ। मलाई बच्चा पाउन मन लागेको थिएन। थाहै नपाएर मेरो पेटमा बच्चा बसेको थियो। मलाई मेरो लोग्नेको सामीप्यता पुगेकै थिएन। म मानसिक रूपमा धेरै दुःखी थिएँ। यति चाँडो बच्चा नबसे हुन्थ्यो नि। मेरो मनमा एउटै कुरा चलिरहेको थियो, के म र उनीबीच सधैँ यस्तो सम्बन्ध राखिराख्न सकूँला र ? बच्चा हाम्रो दाम्पत्य जीवनमा बाधा त बन्ने होइन।

सासूससुरा धेरै खुसी थिए, तर हामी दुवै दुःखी थियौँ। हामीलाई यति चाँडो बच्चा चाहिएकै थिएन। उनी मेरो आँखाबाट एकछिन ओझेल भएको पनि मन पर्दैनथ्यो। आमा बन्नका लागि म तयार थिइनँ। म कस्ती आइमाई हँ ? आमा बन्ने चाहना सबै आइमाईको हुन्छ, तर मेरो चाहना किन भिन्न थियो हँ ? आमा बन्ने चाहना नहुनु के मेरो कठोरता थियो ? म यति कठोर कसरी बन्न सक्छु हुँला त ? म बच्चा राख्न चाहन्नथेँ।

हामीले दुवैले छलफल ग-यौँ र इच्छा नहुँदानहुँदै पनि बच्चा जन्माउने निर्णयमा पुग्यौँ। बच्चा जन्माउने निर्णय लिएको दिन हामी एक–अर्काको आँखामा आँखा राखेर धेरै बेरसम्म हेराहेर ग¥यौँ। हामी दुवैको आँखाले यही भनिरहेको थियो, अब हाम्रा यौन चाहना कसरी पूरा गर्ने ? बच्चा हाम्रो आवश्यकतामा बाधा बन्ने त होइन। हामी जति खुसी थियौँ, त्यति नै दुःखी। खुसी यसकारण थियौँ कि अब हामी बाआमा बन्दै छौँ। दुःखी यसकारण कि अब हाम्रो निजी जीवन के होला ?

तीन महिना भइसकेको थियो। मेरो पेट ठूलो हुँदै गएको थियो। राति हामी दुवैजना पलङमा पल्टिरहेका थियौँ। के म अकल्पनीय काम गर्दै त थिइनँ। अकल्पनीय मलाई पक्कै लागेन। उनी मेरा लोग्ने थिए। मेरो लोग्नेप्रति सधैँ विश्वास थियो। त्यही विश्वासका कारण म उनको स्पर्शमा अपनत्वको भाव पाएकी थिएँ। उनले मेरो ओठमा ओठ राखे। उनको तातो ओठ थर्थराइरहेको थियो। आखिर उनको ओठ आज किन थर्थराइरहेको थियो ? केको डरले उनी कामिरहेका थिए। उनी पनि तीव्र प्रवेगले छटपटाइरहेका थिए। जसै उनले मेरो सारी खोले, मेरो पेट पहिलाको भन्दा ठूलो र पुटुस्स देखियो। उनको स्पर्शले म छटपटिएँ। उनले मेरो ब्लाउज खोले। उनको स्पर्शले अर्धनग्न भएकी थिएँ म तैपनि मलाई आफ्नो जिम्मेवारी थाहा भयो र मैले आफ्नो भुँडी छाम्दै मनमनै भनेँ, म आमा बन्दै छु। म आफ्नो मर्यादा उल्लङ्घन गर्दै छु।

यति कुराको बोध भएर पनि किन मलाई केही फरक परेन। मेरो भुँडी देखेर उनी रोकिए तर के हाम्रो मनले मान्ला र ? हामी आफूलाई नियन्त्रण गर्न सकौँला र ? उनी त अडिए। आफूलाई नियन्त्रण गर्न खोजिरहेका थिए, तर अहँ मैले आफूलाई नै नियन्त्रण गर्न सकिनँ। मैले उनलाई कसेर समातेँ। उनी पनि भुँडीतिर हेर्दै सचेत हुँदै मेरा अंग–अंग स्पर्श गर्न थाले। हामी सचेत हुँदै एकअर्काको ओठमा ओठ राख्यौँ। हामी सचेत हुँदै यौन सुखको अनुभूति गर्न थाल्यौँ। मलाई यताउति फर्किन गारो भएका वेला उनी सचेत हुँदै रोकिन्थे। यस्तो वेला यौन चाहना नआए हुने नि ! उनी त झन् प्रत्येक दिन तयार नै रहन्थे। तर मेरो अवस्था हेरेर उनी आफूलाई नियन्त्रण गर्थे।

गर्भवती भएको ६ महिनासम्म हामी एक–अर्काको सामीप्यता अनुभव गरिराख्यौँ। म पनि त्यस्तै थिएँ। मलाई पनि त यौन चाहनाको अनुभव भइरहन्थ्यो। यसमा मेरो के दोष ? मनभित्रबाटै इच्छा लाग्थ्यो, अनि मैले के गर्ने ? कहिले म उनीसँग लरीपरी गर्थें त कहिले उनी मसँग लरीपरी गर्थे। यस्तै प्रकारले हाम्रो दिन बित्दै थियो।

सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ? आफ्ना लागि नभई बच्चाका लागि बाँच्नुपर्ने बाध्यता थियो। खान पनि मन लाग्दैनथ्यो।

यस्तै बेला, एक रात उनले जसै मलाई छोए, म कोल्टो फेरेँ। उनीतिर पिठ्यँु फर्काएँ। मलाई पहिलाको जस्तो जाँगर लागेन। उनले मेरा स्तन स्पर्श गर्न थाले, मलाई सारै झर्को लाग्यो। उनलाई पलङबाट धकेलिदिऊँ लाग्यो। उनको हात आफ्नो हातले छेउ लगाउँदै भनेँ, ‘हमरा मन नै छै। हम सुतबै’, (मलाई मन छैन, म सुत्छु।)।

‘यसपछि सुत्,’ उनले भने। पेट भारी भएर म उनीतिर पल्टिनै सकिनँ। उनीतिर हेरे। उनी आफ्नो सबै लुगा फुकालिसकेका थिए। उनले पनि मलाई बुझ्नुपर्ने ? मैले नाइँनास्ती गर्न थालेँ। उनले मलाई जबर्जस्ती आफूतिर पल्टाएर मेरा स्तन चलाउन थाले। रिसाएर मैले उनलाई यौनप्यास मेट्न दिइनँ भने उनी उग्र रूप लिन्छन्। यस्तो कुरामा केटाहरू आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्ने कुरा मलाई थाहा थियो। मेरो पीडालाई वास्तै नगरीकन मलाई नांगो पारे। मैले विरोध गर्ने धेरै साहस गरेँ, तर उनको अवस्था हेरेर केही भन्ने चेष्टा गरिनँ। म रुन पनि सकेकी थिइनँ, हाँस्न पनि। उनलाई साथ दिन पनि सबेकी थिइनँ। मलाई धेरै पीडा भइरहेको थियो। पेटभित्रको बच्चालाई असर गर्ने त होइन ? मेरो मनमा उठेको प्रश्न उनलाई व्यक्त गरेँ। उनले ‘केही हुन्न’ भने। मेरो इच्छा नहुँदानहुँदै उनले मलाई जबर्जस्ती गरेको देखेर म चुप लागेर बसिनँ। म रिसाउँदै भनेँ, ‘तपाईं कस्तो जनावर होला ?’

जिउभरिको ऊर्जा प्रयोग गरेर उनलाई धकेलेँ। उनी पलङको छेउमा भ्यात्त लडे। मैले आफ्नो जिउ सारीले सपक्क छोपेँ। मेरो अस्वीकृति देखेर उनी जंगिदै भने, ‘यही कारणले मान्छेले अर्को बिहे गर्छ।’ (उनलाई दोस्रो विवाह गर्न नपाउने कानुन आएको थाह थिएन, मलाई पनि थाहा थिएन, अरुले भनेर पछि थाहा पाएँ।)

अँ, म पनि हार्नेवाला थिइनँ, रिसाउँदै भनेँ, ‘जानुस् अर्कै बिहे गर्नुस्। कसले रोकेको छ र ?’ पलङको छेउमा कुर्सी थियो। मेरो कुरा सुनेर उनले कुर्सीमा एक लात हाने। कुर्सी भ्याट्ट लड्यो। कुर्सी लडेको आवाज सुनेर सासू अर्काे कोठाबाट कराइन्, ‘के भयो तिमीहरूलाई ? के लड्यो ?’

आमाको आवाज सुनेर उनी केही बोलेनन्, म पनि बोलिनँ। हामी केही नबोलेपछि सासू पनि थप बोलिनन्। उनी मसँग रिसाएर आगो भएका थिए। म मनमनै भनिरहेकी थिएँ, ‘मेरो लोग्ने मात्र यस्तो हो कि अरुहरूका लोग्ने पनि यस्तै हुन्छन् ? म रातभर उनीसँग बोल्दै बोलिनँ। हामी एकअर्कातिर पिठ्युँ फर्काएर सुत्यौँ।’

दिउँसो माइतीबाट भाउजू र बैनी आए। बच्चा जन्मनु दुई–तीन महिनाअगाडि गर्भवती छोरीलाई माइतीले खीर र तेलपौर रोटी खुवाउने चलन रहेछ। भाउजू र बैनी आएको देखेर म यति खुसी भएँ भन्ने भन्न सक्दिनँ। खुसीले मैले रातिको सबै पीडा बिर्सें। पेट भारी लागे पनि सकीनसकी पाहुनाको स्वागत गरेँ। उनीहरूले पनि मलाई खाना पकाउन सघाए। त्यस रात म धेरै खुसी थिएँ। सबै समस्याबाट निस्फिक्री थिएँ। मैले सधैँ उनलाई आफ्नो समीप चाहन्थेँ तर त्यस दिन त्यो चाहना मरेको थियो। उनी मेरो हेरचाह गर्न मेरो वरिपरि आइरहन्थे। उनले मलाई जति हेरचाह गरे पनि मेरा भाउजू र बैनीको अगाडि त्यो फिक्का नै लाग्यो। राति मेरो कोठामा बैनी र भाउजू सुते। उनी बसघरामा सुते। आधा रातसम्म बैनी र भाउजूसँग कुरा गरेर पल्टिरह्यौँ अनि कुरा गर्दै निदायौँ। राति उनीबाट मुक्ति पाएको जस्तो भयो मलाई। बैनी र भाउजू भोलिपल्ट घर फर्के।

दुई दिन भइसकेको थियो, म उनीसँग बोल्नै छोडेकी थिएँ। मलाई हेरचाह गर्ने बहानाले उनी मेरो छेउछाउ आइरहन्थे। मलाई बोलाइरहन्थे। तर, म बोल्न मानेकी थिइनँ। मैले कस्तो भाउ खोजेकी थिए हँ ? साँच्चि मलाई केको घमण्ड चढेको थियो ? उनको अनियन्त्रित बानीले मलाई उनीसँग बोल्न मन लागेको थिएन। उनी स–सानो कुरामा पनि मेरो हेरचाह गर्थे। म उठ्न नसकेका वेला हात समाएर उठाउँथे। बिहानै चिया पकाएर ल्याइदिन्थे। म राति भित्तातिर फर्केर सुते पनि उनी मतिर फर्केर मलाई समातेर सुत्थे। यही हेरचाहले म उनीसँग तेस्रो दिनबाट बोल्न थालेँ। उनीप्रतिको सबै गुनासो बिर्सें।

दुई दिनदेखि अलिअलि पेट दुखिरहेको थियो। सञ्चो थिएन। धेरै उठबस गरेर दुखिरहेको होला भन्ने लाग्यो। आफैँ सन्चो हुन्छ भन्ने आसामा बसिरहेँ। चौथो दिन साह्रै व्यथा लाग्यो। मैले औँला भाच्दै गनेँ, सात महिना मात्र पुगेको थियो। सात महिनामै कस्तो सहनै नसक्ने गरी व्यथा लागेको ? घरमा कोही थिएनन्। उनी र सासू खेतमा काम गर्न गएका थिए। म हिँड्न सकेकी थिइनँ। पेट समातेर आँगनमा बसिरहेकी थिएँ।

केही बेरपपछि उनी खेतबाट आए। उनी खेतबाट आएपछि मलाई व्यथा लागेको उनलाई सुनाएँ। अस्पताल लैजान हठ गरेँ। उनले मलाई बोकेर घरभित्र लगे। पलङमा सुताउँदै भने, ‘एकपटक गरेर अस्पताल जाउँला।’ म व्यथाले छटपटिएकी थिएँ, तर उनले मेरो पीडा अनुभव गरेनन्, मेरा लुगा फुकाले। आफू पनि नांगिए। मलाई जबर्जस्ती गर्न थाले। मलाई धेरै पीडा भइरहेको थियो। मैले पीडा सहन नसकेर उनको पेटमा एक लात्ती हानेँ। उनी पर धकेलिए। मेरो छेउमा आउँदै भने, ‘एक छिन मात्र सहेर बस्।’ फेरि मलाई जबर्जस्ती गर्न थाले। उनको अनुहार हेरेर लाग्यो, उनी दीनदुःखी मान्छेभन्दा पनि दयालाग्दा देखिन्थे। मैले उनलाई मनमनै गाली गरेँ, थुक्क असति। उनले मेरो व्यथाको परवाहै नगरी आफ्नो इच्छा पूरा गरे। अनि मलाई लुगा लगाइदिए। आफू पनि लुगा लगाएर मलाई अस्पताल लैजान रिक्सा बोलाउन गए।

प्रकाशित: १९ पुस २०७६ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App