६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

नाच्दा–नाच्दै तौल घट्यो

स्वस्थ रहन होस् कि आकर्षक देखिन किन नहोस् हरेक व्यक्तिले आफ्नो तौल सन्तुलनमा राख्नु स्वस्थ मानिन्छ। आफ्नो स्वास्थ्य र सौन्दर्य प्रति सजक मानिसहरु आफ्नो उच्चाइ अनुसार तौल राख्न अनेक उपाय अपनाइरहेका छन्। सजिलै तौल घटाउन र स्वस्थ रहने उपायको रुपमा धेरैले नृत्य व्यायम लोकिप्रिय बन्दै गएको छ।

नियमित नृत्य साधनाले आकर्षक र फुर्तिला देखिएका छन् स्वयम्भुका १७ वर्षीय सुप्रिम पाण्डे। सानै उमेरमा भद्दा देखिएपछि उनलाई आमावुवाले दिल्ली बजार स्थित मोडेर्न डान्स सेन्टरमा पु¥याए। सुरुमा करकापले पुगेका पाण्डेको लागि यतिखेर नृत्य दैनिकी बनेको छ। उनले नृत्य गर्न थालेको ५/६ महिनामै १५ केजी तौल घटाउन सफल भएका थिए। ६.१ फिट उच्चाइ भएका उनको ९४ केजी तौल थियो। अहिले उनको तौल ७४ केजी छ। उनको उच्चाइ अनुसार नर्मल तौल ७० भन्दा माथि हुनु हुँदैन।

ग्लोवल कलेजमा ए लेभल अध्ययन गर्दै गरिरहेका उनी नृत्य तौल घटाउने सवै भन्दा सजिलो उपाय भएको बताउँछन्। ‘नाच्दा–नाच्दै तौल घटेको थाहै भएन,रमाइलो पनि तौल पनि घट्यो’उनले शुक्रवार नागरिकसित भने। उनले नृत्य अभ्यासले कला मात्र नभएर जीवनमा धेरै कुरा एकपटक मिलेको अनुभूति  गरेका छन्। ‘म पहिला मोटे देखिन्थें,अहिले स्मार्ट देखिन्छु’ उनले अघि थप्दै भने,‘ नृत्यले पुरै शरिरलाई व्यायम पुग्ने भएकोले फ«ेस,फिटफाट शरिर,आत्मविश्वास,कला सवै एकै पटक मिल्छ’।

सुप्रिममा आएको परिवर्तन देखेपछि उनको आमा–वुवा दुवै डान्स सेन्टरमा पुग्छन्। सुप्रिम कलेज सकिएपछि, क्रममा,आमा राज कुमारी  कार्यालयको काम सकेपछि र वुवा सरोज  र वुवा सरोज व्यसायको काम सकेर एउटै सोही केन्द्रमा पुग्छन्। एकघण्टा नृत्यु गरेपछि संगै घर फर्किन्छन्। केही महिनादेखि नृत्य अभ्यास गरिरहेकी राजकुमारीले स्वस्थ रहनकै लागि नृत्य केन्द्रमा जाने गरेको बताइन्। उनी भन्छिन्, ‘नृत्यले शरिरमा तौल बढ्न दिंदेन,अनुहारमा संधे चमक हुन्छ’। व्यायमा अन्य थेरापी भन्दा नृत्य अभ्यास उत्कृष्ट रहेको उनी सुनाइन। ‘ एक घण्टा हिंड्नु भन्दा एक घण्टा नाच्दा पुरै शरिरको व्यायम हुन्छ’ उनले भनिन्।

राजधानीको दिल्लीबजारकी ३६ वर्षीया सुनिता शाह पाँच महिनादेखि पुतली सडक स्थित युनाइटेड मल्टिआटएमा धाइरहेकी छिन्।  तौल बढी भएको फिल भएपछि उनले पनि जुम्वा नृत्य केन्द्रमा पुगेकी हुन्। पहिलो उद्देश्य तौल घटाउनु र अर्को उद्देश्य स्वस्थ रहन व्यायम गर्नु। जुम्वा सुरु  गरेको तीन महिनामै ५ केजी तौल घटिसकेको उनले बताइन्। ‘पहिला ९० केजी थिएँ,अहिले ८३ केजी छु’ उनले भनिन्। स्वास्थ्य परिक्षणको क्रममा चिकित्सकले तौल घटाउन भनेपछि जुम्वा कक्षा पुगेको उनले बताइन्।

नाच्दा रमाइलो हुने र सिकिने भएकोले नाचेर तौल घटाउने,शरिर बनाउने व्यायममा ग्राहकको आकर्षण रहेको मोर्डन डाक्स सेन्टरका संचालक प्रलाद बुढाथोकीले भने। उनले राजधानीमा १५ वर्षदेखि नेृत्यु सिकाइरहेका छन् । पहिला नृत्य मात्र सिक्ने आउनेहरु पछिल्लो समय दुवै उद्देश्यका बिद्यार्थी आउने गरेको उनले बुझेका छन्। ‘ मोेटोपना भएका स्कुले बालबालिकादेखि ७० वर्षभित्रका सवै उमेर समूहका यहाँ आउँछन्’ उनले भने।

जुम्वा नृत्य पछिल्लो समय तौल घटाउन खोज्नेहरुको लागि आकर्षक बनेको युनाइटेड आर्ट सेन्टरका संचालक प्रशान्त तामाङ बताउँछन्।  ‘तौल घटाउन चाहाने सवै उमेरका जुम्वा आइरहेको देखिन्छ’ उनले भने। रमाइलो पुर्वक तौल घटाउन सकिने भएकैले जुम्वा बजारमा फेशन बनिसकेको उनको अनुभव छ। तर जुम्वा नृत्य सहित खानपिनमा क्यालोरी मिलाए मात्र तौल घट्ने उनी बताउँछन्। ‘ व्यायम र खानपिनको संयोजन मिल्यो भने मात्र तौल घट्छ, हामी कहा आउनेहरुलाई क्यालोरी मिलाएर खान पनि सुझाउँछौ.’ उनले भने। उनको अनुसार फलफूल,तरकारी जस्ता सागपातमा क्यालोरी कम हुने हुनाले यस्ता खाना बढी समावेश गर्नु पर्छ।

चिकित्सकका अनुसार बढी तौलले स्वास्थ्यमा गम्भिर असर पर्छ। बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. ओम मुर्ति अनिलको अनुसार बढी तौल हुने मानिसमा उच्च रक्तचाप,उच्च कोलस्ट्रोल,मधुमेह,मुटुजन्य रोगहरु मुटु फेलियर,मुटुका नशाहरुमा ब्लकेज,हृदयघात तथा मस्तिष्कघात जस्ता गम्भिर रोगको जोखिम हुन्छ। यसको साथै बढी तौल भएका मानिसहरुमा उमेर भन्दा पहिल्यै स्मरण शक्ति घट्ने,यौन दुर्वलता हुने र क्यान्सरको समेत जोखिम हुन्छ।

प्रकाशित: १९ पुस २०७६ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App