coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘प्यासन’ ले दिलाएको सफलता

पोखरा - साइकल चलाउन डाउनहिल आफैंमा गाह्रो र कठिनाइ हुन्छ। त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौती हो। त्यही चुनौतीलाई पन्छाउँदै २२ वर्षीया जमुना थापाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा साइक्लिङ डाउन हिल प्रतिस्पर्धामा रजत पदक जितिन्। रजत पदकमा साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेका छन्।

साइक्लिङका लागि आँट चाहिन्छ। डाउनहिल अझ जोखिमपूर्ण। पारिवारिक दबाब उस्तै। दुई पटक त हात नै भाँचियो। तर पनि उनमा  हिम्मत र जोस एकैसाथ थियो। पारिवारिक दबाबलाई थाती राख्दै साइक्लिङ उनको ‘प्यासन’ बन्यो। प्यासनले अन्ततः पदकसम्म डो¥याइछाड्यो। एक किलोमिटर डाउनहिल साइक्लिङमा रजत पदक जित्दै  ऐतिहासिक पदक आफ्नो नाममा लेखाइन्।

५ फिटसम्मको ओरालोमा साइकल जम्प गराउनुपथ्र्यो। भिरालो जमिनमा साइकल जम्प गराउँदा चोटपटक पनि लाग्यो। ‘सिकिन्छ कि जितिन्छ’ उनको एउटै लक्ष्य थियो। मागेको साइकलबाटै प्राक्टिस गर्थें। प्रशिक्षक उमंग श्रेष्ठले प्रशिक्षण दिए। प्रतियोगिताको एक हप्ताअघि मात्रै साइकल आइपुग्यो। साइकलबाट जम्प  र पम्प हान्न सिकें। ट्रेल रेस बनेपछि त्यहीँ प्रशिक्षण गरे। ‘जम्प गर्दा वालमा ठोक्किएँ। घाँटीमा समस्या आयो।’ उनी सम्झिन्छन्,‘लड्डालड्दै २ मिनेट ४१ सेकेन्डका साथ रजत पदक जितें।’

जमुनाको साइकल सिक्दाको अनुभव कम रोमाञ्चक छैन। उनमा ७ वषैदेखि नै साइकलको इच्छा जागेको हो। ‘उमेर ७ वर्षको मात्रै थियो। जति बेला सडकमा केटाहरू भर्खरै ठूलो साइकल चलाएको देख्थें। आफैंलाई पनि मनभित्र साइकल चलाउने हुटहुटी चल्यो। कैंची गर्दै साइकल चलाउन सिकें। सिक्ने रहर थियो। साइकलमा ब्रेक थिएन। बल्लतल्ल सिक्न थालें,’ उनी भन्छिन्, ‘साइक्लिङप्रतिको प्यासन बढ्दै गयो। पारिवारिक दबाबलाई थाती राखेर प्यासन पूरा गर्नतिर लागें।’

उनलाई साइक्लिङप्रति उत्साह थप्ने काम जगन विश्वकर्माले समेत गरे। साइकल चलाउने मनभित्रको तीव्र इच्छालाई उनले १० कक्षा पढ्ने बेलामा उजागार गरिन्। १५ वर्षको उमेरमा स्कुलस्तरीय साइक्लिङ प्रतियोगितामा स्वर्ण पदक जितिन्। १० किलोमिटरको दूरी थियो। पदकसँगै नगद ५ हजार प्राप्त भयो। जीवनको पहिलो पदकले उनलाई साइक्लिङको यात्रालाई बढाउन हौसला थपिदियो।

एसएलसी दिएपछि उनले धरानमा आयोजित प्रतियोगितामा सहभागिता जनाइन्। उनले साइकल पसलमा काम थालिन्। दुई वर्ष काम गरिन्। दिउँसो काम गर्थें। बिहान कलेज। अहिले भने उनी साइकल टुर्स एन्ड ट्राभल्समा आबद्ध छन्। साइक्लिङप्रतिको आफ्नो लगाव पूरा गर्न उनले मोबाइल नै बेचिन्। काम गर्ने पसलबाट प्राप्त पारिश्रमिक साइकल किन्न खर्च गरिन्। १ लाख ३० हजारको साइकल किनिन्।

भन्छिन्, ‘डाउनहिल र ट्रेलरेसको लागि न्युनतम ५ लाखसम्मको साइकल चाहिन्छ। मैले चढ्ने साइकल नर्मल खालको हो।’ किनेको साइकलको पैसा किस्ताबन्दी गरेर तिरेको सुनाउँछिन्। साइकल पसलमा काम गर्दा मेकानिक्स, गाइडसमेत गरेको अनुभव उनीसँग छ। साइक्लिङ गर्दा उनको सबैखाले अनुभव सगाँलेकी छन्। स्टन्ट सिक्दा हात भाँचियो। आमा र दिदीको दबाब आयो। परिवारको कान्छी छोरीको हर्कतले सधंै तनाव हुन्थ्यो। उनको इच्छा देखेर परिवारले सपोर्ट गर्न थालेको बताउँछिन्।

पोखरामा महिला साइक्लिस्ट छैनन्। टे«निङ गर्नुपर्दा पुरुषसँगै गर्नुपर्छ। महिलाले इन्टे«स्ट गरेका छैनन्। हरेक क्षेत्रमा पुरुषका लागि मात्रै प्रतियोगिता आयोजना गर्दा महिलाले सहभागिता जनाउन पाउँदैनन्। पुरुषसँगैसँगै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। उनीहरूसँगै भिड्नुपर्ने हुँदा समस्या हुन्थ्यो। महिलाको इभेन्टमा पनि थप्नुपर्छ भन्ने आवाज उठाउँदै आएको छु। राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको साइक्लिङ च्याम्पियनसिप र नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाइन्।

उनको उत्साहलाई लक्ष्मी मगरले थपिन्। ‘तिमी सक्छौ। साइक्लिङमा डेडिकेटेट छौ भन्नुहुन्थ्यो। सधै हौसला दिनुहुन्थ्यो। उहाँकै प्रेरणाले साइक्लिङको अवसरलाई यहाँसम्म ल्याइपु¥याएँ,’ उनी विगत सम्झिन्छन्। साइक्लिङ गर्दा सबैभन्दा नमीठो क्षण पनि छ।  हात भाँचिएपछि पोखरा आइभी रेस खेल्नबाट वञ्चित भइन्। उनका लागि यो सबैभन्दा दुखदायी र पीडादायी क्षण थियो।

साइक्लिस्ट मात्रै होइन उनी पौडीबाज पनि हुन्। पौडीबाज भएकै कारण अहिले पोखरा लामाचौरस्थित गण्डकी बोर्डिङमा पौडी सिकाउँदै आएकी छन्। लाइफ गार्डको काम समेत गर्छिन्। दुई घण्टा पौडीको सिकाउने समय छुट्ट्याएकी छन्। उनले गत वर्ष चैतमा ट्रायथोलन च्याम्पियनमा समेत तेस्रो स्थानमा प्राप्त गरेकी थिइन्। उनको हाइटअनुसार साइकलको साइज पाइँदैन।

हाइटअनुसारको साइज नपाउँदाको पीडा पनि उनले भोग्दै आएकी छिन्। यद्यपि आफ्नो लगावलाई पूरा गर्ने अठोट छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने धोको छ। साइक्लिङप्रतिको आफ्नो लगाव पूरा गर्न उनले मोबाइल नै बेचिन्। काम गर्ने पसलबाट प्राप्त पारिश्रमिक साइकल किन्न खर्च गरिन्।

 

 

प्रकाशित: १९ पुस २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App