coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हटाईयो दशगजाका घर-टहरा

मटिअर्वामा दशगजा अतिक्रमण गरि निर्माण गरिएका घर टहरा हटाउँदै जनप्रतिनिधी र सुरक्षाकर्मी।

बारा- स्थानीयहरुको अतिक्रमणमा परेको दशगजा क्षेत्रमा रहेको घर तथा टहराहरुलाई जनप्रतिनिधी र सुरक्षाकर्मीहरुको सहयोगमा शुक्रबार मटिअर्वामा खाली गराइएको छ। नेपाल र भारतको सिमानाबीच पर्ने दशगजा क्षेत्रमा नेपाल तर्फ नेपाली र भारत तर्फ भारतीयहरुले अतिक्रमण गरि घर र टहराहरु निर्माण गरेका थिए।

नेपाल तर्फ कलैया उपमहानगरपालिका  १० मटिअर्वामा पर्ने अतिक्रमित दशगजा क्षेत्रलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडा अध्यक्ष शंकर साह गुप्ताको सहयोगमा खाली गराइएको सशस्त्र प्रहरी बल, बिओपी मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्षुमण जोशीले बताए।

भारत तर्फ पर्ने लालाछपरा तर्फ अतिक्रमित दशगजा क्षेत्रलाई भारतीय सीमा सुरक्षा बल  कमाण्डर अनिल सिँहको नेतृत्वमा समेत खाली गराइएको जोशीले बताए।

नेपाल र भारतको सिमाना छुट्टयाउनको लागि लगभग १० मिटर चौडा दशगजा क्षेत्रमा कुनै घर, टहरा निर्माण नगरि खाली छोड्नु पर्नेमा दुबै तर्फका स्थानीयहरुको अतिक्रमणमा गरि घर, टहराहरु निर्माण गरेकोले बाध्य भएर त्यसलाई खाली गराएको जोशीले बताए।

मटिअर्वा तर्फ दशगजालाई अतिक्रमण गरि एक दर्जन जति घर, टहराहरु निर्माण गरि मदिरा, नास्ता र किराना पसलहरु सञ्चालन गरिएको र ती सबैलाई खाली गराइएको जोशीले बताए। एक किलोमिटर दशगजा क्षेत्रलाई अतिक्रमण गरि घर टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर जति खाली गराइएको र बाँकी रहेको अतिक्रमित क्षेत्रलाई निरन्तर लागेर खाली गराउने जोशीले बताए।

 

 

प्रकाशित: १८ पुस २०७६ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App