coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुआब्जा दिँदा जलविद्युत अयोजनाकाे लागत बढ्याे : मन्त्री पुन

काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा मुआब्जा दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजा प्रभावितहरुलाई मुआब्जा दिँदा लागत कम गर्न चुनौति रहेको बताए। उनले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिँदासमेत जग्गा पाउन कठिन भएको बताए। उनले एकातर्फ विकासको आवश्यकता पुरा गर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताए।

मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौति बढै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षासमेत गरे। उनले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिनेसमेत बताए।

प्रकाशित: १८ पुस २०७६ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App