काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही हुने : प्रधानन्यायाधीश जबरा

शुक्रबार, १८ पुष २०७६, १८ : ०९ नागरिक

काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महशुस भएको बताएका छन्।

पदभार गरेको एक वर्षको अवधिमा भएका कार्ययोजनाहरुको विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। प्रधानन्यायाधीश जबराले अदालतहरुमा हुनेसक्ने ढिलासुस्ती, अनियमितता र विचलनजन्य कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले गरेको अनुगमन र निरीक्षणबाट कर्मचारी र विचौलिया गरी ७० जनालाई स्थलगत कारवाही गरिएको बताए।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको र सोही वर्ष न्यायाधीशहरुमाथि १४७ थान उजुरी रहेकोमा ६० उजुरी फछ्र्यौट भएको र ८७ बाँकी रहेको उनले बताए। प्रधानन्यायाधीश जबराले अर्थिक वर्ष २०७५/०७६ मा १ जना जिल्ला न्यायाधीश र १ जना उच्च अदालतका न्यायाधीशलाई सेवाबाट बर्खास्त गरीएको र उच्च तथा जिल्ला अदालतका गरी ८ जनालाई अनुशासनात्मक कारवाही गरिएको तथा १ जना जिल्ला न्यायाधीशलाई भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरिएको बताए।

गलत फैसला वा सही फैसला गर्‍यो भन्ने आधारमा कारावाही नहुने तर फैसलाको अवस्थामा न्यायाधीशले गरेका न्यायिक आचरण, गैर न्यायिक व्यवहार, अनियमितता र बदनियत गरेको अवस्थामामा मात्रै कारवाही हुने उनले बताए।

प्रधानन्यायाधीश राणाले अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४६ प्रतिशतले मुद्धा फछ्र्यौट बढेको बताए। जिल्ला र उच्च अदालतहरुको मुद्धा फछ्र्यौट औषत दर राम्रो रहेको र पुराना मुद्धाहरुको संख्या न्यून मात्रामा रहेको उनले बताए। राणाले सर्वोच्चको फछ्र्यौट दर अघिल्लो आर्थिक वर्षको तुलनामा केही भन्दा कम रहेको स्वीकार गरेका छन्।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad