४ वैशाख २०८१ मंगलबार
राजनीति

विप्लव समूहका जिल्ला सेक्रेटरी गुरुङद्वारा पार्टी परित्याग

धादिङ- नेकपा माओवादी (विप्लव समूह) धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङले पार्टी परित्याग गरेका छन्। सिद्धलेक गाउँपालिका वडा नं ५ निवासी गुरुङ साढे छ लाख धरौटी रकम बुझाएर रिहा भए लगत्तै पार्टी परित्याग गरेका हुन्।

                सदरमुकाम धादिङबेसीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आफू रिहाई भएको र पार्टी पनि परित्याग गरेको बताए। पत्रकारहरुसँग बोल्दै उनले भने, ‘एउटा विचार बोकेर विप्लव पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय थिए अब पार्टीले दिएको सबैखाले जिम्मेबारी छाडी स्वतन्त्र जीवनयापन गर्नेछु।’ आफू विप्लव पार्टीमा कृयाशिल हुदाँ गरिएका क्रियाकलापले कोहि कसैलाई असर पुगेको भए आफुलाई क्षमा दिन पनि पत्रकार सम्मेलन मार्फत अनुरोध समेत गरे।

                गुरुङ गत भाद्र ३० गते धादिङ काठमाडौं सीमा नाका नागढुङगाबाट प्रकाउ परेका थिए। ३ महिना १८ दिन थुनामा बसेका गुरुङ जिल्ला अदालतमा साढे छ लाख धरौटी बुझाएर रिहा भएका हुन्। गुरुङलाई प्रहरीले धादिङमा विप्लव समूहले गरेको आगजनी, तोडफोड र बम आतङक लगायत १ दर्जन भन्दा बढी घटनामा मुख्य अभियुक्त बनाएर पक्राउ पछि मुद्दा दायर गरेको थियो।

प्रकाशित: १८ पुस २०७६ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App