८ वैशाख २०८१ शनिबार
समाज

दुई किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं- प्रहरीले २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट प्रहरीले दुवईबाट आएका भारतीय नागरिकलाई सुन सहित पक्राउ गरेको हो।

 युएईको शारजाहबाट काठमाडौं आएका नविन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक / एक किलो सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ। एक जनाले मलद्वारमा ३ वटा डल्लो अर्थात एक किलो सुन हालेर ल्याएको थिए। उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गरिएको थियो।

प्रकाशित: १८ पुस २०७६ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App