coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

हस्तक्षेप कस्तो हुँदो रहेछ !

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड जे. ट्रम्पलाई सघाउन रुसले सघाउ पु¥याएको समाचारले धेरै अमेरिकीहरूलाई दुःखी र सशंकित तुल्याएको छ । र, यो स्वाभाविक पनि हो।

यस्तै भावनामा यसअघि पनि म परेको छु र सशंकित भइसकेको छु । मुद्दामै छिरौँ न, सन् १९७० को अक्टोबर २२ को बिहानी, मेरो जन्मभूमि चिलीको सान्टियागोमा मेरी पत्नी एन्जेलिका र मैले रेडियोमा एउटा खबर सुन्यौँ । खबरमा चिलीका सशस्त्र प्रमुख जेनरल रेने स्नाइडरलाई राजधानीको एउटा गल्लीमा एउटा कमान्डोले गोली हानी हत्या गरेका थिए । उनी बाँच्लान् भन्ने रेडियोको खबरमा कुनै अपेक्षा गरिएको थिएन ।

एन्जेलिका र म यो काम अमेरिकी जासुसी संस्था सिआइएको काम हो भन्ने निष्कर्षमा तुरुन्तै पुग्यौँ । त्यो बेला हामीसँग कुनै प्रमाण थिएन र क्रमशः पछि त्यो कुरा खुल्यो नै र सतहमा आयो । तर त्यो बेला एउटा चिलीको नागरिकका हैसियतले अमेरिकी हस्तक्षेपमा रत्तिभर शंका गरेनौँ ।

र्काकाे देशमा गरिने हस्तक्षेपकाे पीडा कस्ताे हुँदाेरहेछ यतिबेला अमेरिकाले बल्ल चाल पाउँदैछ !

यसको ठीक छ साताअघि डेमोक्र्याटिक सोसलिस्ट पार्टीका तर्फबाट उठेका सल्भाडोर अलान्देले राष्ट्रपति उम्मेद्वारका रुपमा चुनाव जितेका थिए । उनको जित रोक्नका लागि अमेरिकाले लाखौँ डलर खर्च गरेको थियो । त्यो खर्च जित रोक्नका लागि मनोवैज्ञानिक युद्ध र ‘मिस इन्फरमेसन’ (गलत सूचना) फैलाउनका लागि गरिएको थियो । (हिजोआज यस किसिमका समाचारलाई ‘फेक न्युज’ अर्थात् झूटा समाचार भन्न थालिएको छ । अलान्देको अभियान सामाजिक र आर्थिक न्यायका लागि थियो । हामीलाई थाहा थियो, अमेरिकी राष्ट्रपति रिचर्ड एम. निक्सनको सरकार र उसका चिली कूलीन वर्गका सहयोगीले अलान्देद्वारा चालिएका अहिंसात्मक क्रान्ति रोक्न सक्दो र हरेक सम्भावित कदम चाल्ने छन् ।

यस्तो अवस्थामा देशैभरि सम्भावित ‘कू’को ठूलो हल्ला चलेको थियो । यस्तै क्रियाकलाप ग्वाटेमालामा भएको थियो, इरानमा भएको थियो । इन्डोनेसिया र ब्राजिलमा भएको थियो । जहाँजहाँका सरकारले अमेरिकी रुचिअनुसार काम गरेका थिएनन्, ती फ्याँकिएका थिए । र, यस पटक चिलीको पालो आएको थियो । यसको मूल्य जेनरल स्नाइडरले चुकाए किनभने उनले संविधानलाई मान्छु र संविधानअनुसार चल्छु भनेर सपथ खाएका थिए । अरुले अस्थिर बनाउने हरेक योजनाविरुद्ध उनी डटेर उभिएका थिए ।

जेनरल स्नेइडरको मृत्युले अलान्देको शपथ ग्रहण कार्यक्रम मात्र रोकेन अमेरिकी जासुसी संस्थाले तात्कालीन विदेश मन्त्री हेनरी ए. किसिङ्गरको प्रत्यक्ष सहयोगमा आउँदा तीन वर्षसम्म देशको उन्नति र प्रगति मात्र होइन सम्प्रभुतामा पनि बाधा पु¥याइरह्यो । (अमेरिकी राष्ट्रपति निक्सनले त ‘चिली अर्थतन्त्रको घाँटी थिचेर चिच्याउनेसम्मको अवस्था ल्याउने आदेश दिएका थिए) । अन्ततः १९७३ को सेप्टेम्बर ११ मा अलान्देको सरकारलाई विस्थापित गर्दै तानाशाह लादियो जुन १७ वर्षसम्म जारी रह्यो । जसका कारण कैयौँलाई यातना दिइयो, फाँसीमा झुण्ड्याइयो र कैयौँको लास गायब पारियो ।

ती सबै पीडा दिइएपछि जनताले चाहेको भन्दा अमेरिकाले चाहेको प्रजातन्त्र त्यहाँ मञ्चित भयो । यही कुरा यतिबेला अमेरिकामा मञ्चित भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वि शक्तिराष्ट्रले अमेरिकाको प्रजातन्त्र उसको चाहनाअनुसारको बनाइदिएको छ । यसको रोइलो केही अमेरिकीहरूले विभिन्न मिडियामार्फत् मच्चाइरहेका छन् । जुन काम सिआइएले अन्य निमुखा राष्ट्रहरूमा गथ्र्यो र आफ्ना कुरा मान्न बाध्य पाथ्र्यो, अहिले त्यस्तै कामको सिको गरेकामा उनीहरू चिच्याइरहेका छन् ।

यतिबेला म यस विडम्बनाको स्वाद लिन सक्छु तर मैले यसको कुनै आनन्द लिन सकेको छैन । म पुनः यस किसिमको खराब नियतबाट पीडित बन्न पुगेको छु । अमेरिकी नागरिक भएकाले मात्र मलाई यस्तो महसुस भएको होइन, बरु दुःख त अझ गहिरो भएको छ किनभने त्यही अपहरित प्रजातन्त्रको अर्को उदाहरण हेर्न म बाध्य भएको छु । मैले चिलीमा हुँदा जसलाई आफ्नो मत दिएर जिताएको थिएँ, ऊ बाहिरी दखलका कारण पराजित भएको थियो । यतिबेला अमेरिकामा मैले जसलाई मैले मत दिएको थिएँ, उनी अरुकै दखलका कारण निर्वाचित हुने अवसरबाट वञ्चित भएकी छन् । आम जनताको भाग्यलाई बाहिरी शक्तिले यसरी तोडमरोड गर्नु कति न्यायोचित होला !

जनताको इच्छाविरुद्धको यो अतिक्रमणको गम्भीरता ढिठपूर्वक अवमूल्यन र अपमानित कुनै हिसाबले पनि गरिनु हुँदैन ।

जसै ट्रम्पले चुनाव जित्नुमा विदेशी जासुसी संयन्त्रको सहयोग छ भन्ने कुरा आउन थाल्यो, ट्रम्प र उनका सहयोगीहरूले यस दाबीलाई अस्वीकार मात्र गरेनन्, उनले यसलाई ‘हास्यास्पद’ आरोप र ‘षडयन्त्रको सिद्धान्त’ भनी उडाए र भने ‘यो कसले गरेको हो भन्ने कुरा थाहा पाउन असम्भव छ र आरोप लगाउन मिल्दैन ।’ ठीक यसैगरी सन् ७० को दशकमा पनि हामीले सिआइएले गैरकानुनी रुपमा हाम्रो आन्तरिक मामिलामा दखल दिएको आरोप लगाउँदा उत्तरमा यस्तै भनिएको थियो ।

चिलीमा पछि अलान्देको पतनमा कसको हात छ भन्ने कुरा पत्ता लगाइछाड्यौँ । यसका लागि चर्च कमिटी र यसका बहादुर दुई दलीय १९७६ को अध्ययन प्रतिवेदनलाई धन्यवाद दिनै पर्छ । यही कमिटीले सिआइएले गरेका कैयौँ अपराधलाई विश्वसामु छर्लङ्ग पारिदिएको थियो । यही सिआइए हो, जसले संसारभरका प्रजातन्त्रलाई धरापमा पारिदिएको थियो र साम्यवादबाट जोगाउने नाममा गरेको अपराधहरूको फेहरिस्तमध्ये एक थियो ।

यो मुलुक र संसारका सबै मुलुकलाई र रुसलाई समेत आफ्ना नेता छान्ने अधिकार छ र टाढाको रिमोट कन्ट्रोल चलाउने अँधेरा कोठाबाट निर्वाचनबाट कसलाई छान्ने भन्ने क्रम रोकिनु पर्छ । यो नै शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तको मार्ग हो र यसलाई सबैले सम्मान गर्नुपर्छ । तर यो कुरामा सम्झौता भएको छ र यसको सिकार स्वयं संयुक्त राज्य अमेरिका बन्न पुगेको छ ।

उसो भए प्रजातान्त्रिक पद्धतिलाई पुनस्र्थापित गर्न के गर्ने त ?

पहिलो त, हामी स्वतन्त्र हुनु प¥यो, पारदर्शी र भएगरिएका कुराको जनताको तहबाट अनुसन्धान हुन सके अमेरिकी जनताले विदेशी झुकावमा रहेका बेइमानहरू नाङ्ग्याउन र तिनलाई उचित दण्ड दिन सक्ने थिए। चाहे ती जतिसुकै शक्तिशाली किन नहोऊन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसका लागि अनुसन्धान ढोका खुला गर्नुपर्छ । यसको आधारभूत कुरालाई नै ठट्टाको विषय बनाउनु हुँदैन । यस नगरे पहिल्यै लोकप्रिय मत गुमाइसकेका राष्ट्रपतिले अझै आफूलाई क्षति पु¥याउने छन् र लोकप्रियता गुमाउने छन् ।

दोस्रो, एउटा अभियानका रुपमा काम सुरु गर्नुपर्ने हुन्छ । त्यो अभियान जनताको तहबाट हुने अभियान हो, कुनै राजनीतिज्ञ या जासुसी संस्थाबाट होइन । आफूअनुकूल सरकार नबनेका मुलुकप्रति कुदृष्टि राख्ने काम बन्द गरौँ । अन्य देशका जनताको मतलाई सम्मान नगरुञ्जेल अमेरिकाले आफ्ना देशका जनताको मतको सम्मान गरेको मान्न सकिँदैन । यस्तो अवस्थामा अरुले आफ्नो मत अपहरण गरेको भनेर चिच्याउनुको कुनै तुक हुँदैन ।

अमेरिकाले आफ्नो अनुहार ऐनामा हेर्ने कुनै अवसर आएछ भने आफ्नो जिम्मेवारी लिने कुनै समय यतिबेला नै हो ।

चिलीका पूर्व नागरिक । ड्युक विश्वविद्यालयका साहित्यका प्राध्यापक । ‘डेथ एन्ड द मेडेन’ तथा संस्मरण ‘फिडिङ अन ड्रिम्स’का लेखक।

प्रकाशित: ६ पुस २०७३ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App