coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सूचना केन्द्रमा २०११ को प्रचार सामाग्री, मुल बाटो थुनेर स्वागत गेट

पर्यटक सूचना केन्द्रको धुलाम्य हालत, नेपाल पर्यटन वर्ष २०११को प्रचार सामाग्री

भैरहवा - सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया भए पनि भ्रमण वर्षको सन्दर्भमा कुनै तयारी गरिएको छैन। प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र केन्द्रीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० सुरुवात भए पनि प्रवेशद्वार बेलहियामा पर्यटकहरुलाई फोहोरका डङ्गुर, धुलाम्य/भताभुङ सडक नाला, विना कुनै सन्देशको स्वागत गेट र जनशक्तिविहीन सूचना केन्द्रले स्वागत गरिरहेको छ।

सन २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि नेपालको पर्यटक आउने वातावरण भने सीमामा देखिएको छैन। जीर्ण अवस्थामा रहेको पर्यटक सूचना केन्द्र जनशक्ति विहिन छ, भ्रमण वर्ष २०२०को प्रचार सामाग्री हुनु पर्ने ठाउँमा नेपाल पर्यटन वर्ष २०११ को प्रचार सामाग्री सूचना केन्द्रमा राखिएको छ।

विग्रेको कम्प्युटर थोत्रो दराजमाथि राखिएको छ, धुलाम्य फर्निचर, टुटे फुटेका झयाल ढोका छन्। घडी भए पनि सँधै साढे ६ बजेको छ। बाहिर एक पर्यटक प्रहरीले ति संरचनाहरुको हेरचाह गरे पनि उनीसँग प्रचार प्रसारको कुनै सामाग्री छैन। पर्यटक प्रहरी छन् तर पर्यटनसँग सम्बन्धित केही जानकारी कसैले सोधेमा जे जति आउछ मौखिक जानकारी दिन्छन् थप जानकारीका लागि अध्यामन तिर पठाउने गरेका छन्।

स्थलमार्ग भएर आउने भारतीय पर्यटकसँग सिमामै मनपरीढंगले भन्सारबिन्दु बाटै असुली गरिरहेका छन्। भन्सार अगाडि रहेको सिद्धार्थनगर नगरपालिकाको पार्किङमा प्रति घण्टा भारतीय सवारीसाधनको ४० रुपैया र नेपाली सवारीसाधनको २५ रुपैया लिने प्रावधान भए पनि मनपरी ढंगले जति मन माग्छन एक सवारीधनीले भने । ४० रुपैयाको रसिद दिएर मनोमानी ढंगले रकम असुली गर्छन्। के कति दिने भनेर हामीलाई जानकारी छैन, नत दर रेटको सूचना पाटी नै छ  न ठेकेदारको नम्बर।

सीमा देखि १ किलोमिटर उत्तर डण्डा नदी किनारमा बनिरहेको गेटले पनि सडक अवरुद्ध गरेको छ। नेपाल भित्रिने पर्यटकहरुलाई बुद्धको जन्मस्थल लुम्बिनी नेपाल आएको अनुभूति होस भनेर बुटवल–भैरहवा ६ लेन मुख्य सडकमा नगरपालिकाको लगानीमा पर्यटकीय गेट निर्माण हुदैछ जुन अझै एक वर्ष लाग्ने छ।

सीमाको गेटमा पनि नेपाल प्रवेश गरेको कुनै सिम्बल छैन, नेपालमा स्वागत छ भनेर लेखिएकोे सीमाको स्वागत गेट पुनः रंङरोगन गरेकोले मेटिएपछि अहिले सम्म कसैले लेखेको छैन। भन्सारदेखि बाइपाससम्मको बाटो अवस्था पनि निर्माणको कार्यले धुलाम्य छ। भ्रमण वर्ष सुरुवात हुनु भन्दा पहिलै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन।

‘नेपालमा पर्यटकका लागि सीमामा कुनै व्यवस्था छैन। सरकारले पर्यटकका लागि कुनै पनि जानकारी सीमामा राखेको छैन, कद्मकदाचित पर्यटक बिना कागजी प्रक्रिया पु-याई नेपाल प्रवेश गरेमा सवारीसाधन नियन्त्रणमा लिइन्छ यो सरासर गलत हो।’ भारतीय पर्यटन सम्बन्धि जानकारी अलोक जोशीले भने।  ‘कारबाही गर्नुभन्दा पहिला कानुन र कागजी प्रक्रियाकाबारे सूचना दिनु पर्छ। भारतीय १०० भन्दा बढी दरका नोट प्रतिबन्ध छ, त्यसतै भन्सार गरेर मात्र गाडी लैजानु पर्ने, यातायातका नियमका जानकारी सम्बन्धी सूचना राख्नु पर्छ। मान्यता प्राप्त गाइडको व्यवस्था, पार्किङ स्थलमा दररेट सहितको सूचनापाटी को कुनै दर छैन मनोमानी ढङले असुली गरिरहेका छन।’ जोशीले नागरिक न्यूजलाई भने।

एकद्वार प्रणालीबाट पर्यटकलाई सुविधा दिने, नेपालको कानुनको बारेमा सूचना दिने, यातायात रुट परमिट र भन्सारको सुविधा एकद्वार प्रणालीबाट गर्नु पर्ने, सरसफाई सूचनालाई प्रभावकारी बनाउने सरकारले जोड दिए मात्र पर्यटनमा विकास हुन्छ नाट्टा प्रदेश ५को सस्थापक अध्यक्ष विष्णु शर्माले भने। नेपाल भ्रमण वर्ष समितिको सदस्य समेत रहेका शर्माले सरकारले भ्रमण वर्षको मुख आउदा समेत अहिलेसम्म पर्यटकहरुको बसाई लम्ब्याउन कुनै नीति बनाएकोे छैन। सीमामा भारतीय पर्यटकका लागि नेपाली पैसाको अभाव छ, बेलहियादेखि लुम्बिनीसम्मको बाटोको हालत त्यस्तै छ यो विषयमा पनि सरोकारवालाको ध्यान गए मात्र भ्रमण वर्ष सफल हुने बताए।

सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज ल्याएको छैन। कम्तिमा २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, लगायतका पर्यटक सहुलियतको व्यवस्था दिनुपर्ने पर्यटन व्यवासयी को सुझाव छ। पर्यटकहरूको आगमनमा वृद्धि भए पनि नगरपालिका, प्रदेश सरकार, सरकारी संयन्त्रहरुसँग सहकार्य गर्नुपर्छ।

बेलहियामा रहेको अध्यागमन कार्यलयलाई अझै व्यवस्थित र आधुनिक बनाउने, पर्यटकलाई सबै सेवा सुविधा दररेटमै गर्नु पर्ने, भन्सार र रुटप्रमिट उकै एकै ठाउँबाट दिनु पर्ने, स्थानिय सरकारले विच विचमा विभिन्न बहानामा लिइरहेको शुल्कहरु भन्सार विन्दुमा एकै पटक लिनु पर्ने लगायतका काम गर्न सकियो भने नेपाल आउने पर्यटकलाई अझै बढाउन सकिन्छ। होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी)ले बताए। पर्यटक आगमन र बसाई बढाउन निजी क्षेत्रबाट  भ्रमण वर्ष २०२० का लागि हानले राज्यभर  आवासमा ३० प्रतिशत र पेय पदार्थमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रकाशित: १८ पुस २०७६ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App