८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी हवाई हमलामा इरानी जनरल मारिए

इरान- इरानका कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन्। बगदाद अन्तराष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा उनी मारिएका हुन्। उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबू महदी अल-मुहांदिस पनि मारिएको अमेरिकाले बताएको छ।

'अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैनिकको रक्षाको लागि क़ासिम सोलेमानीको हत्याको कदम उठाइएको छ,' अमरीकी रक्षा विभागले भनेको छ। उनलाई अमेरिकाले आतंककारी घोषणा गरेको थियो।

कुद्स फोर्स इरानको इस्लामिक रिभोल्यूसनरी गार्डर्सको एक शाखा हो। जसले देश भन्दा बाहिरबाट हुने आक्रमणको सूचना र प्रतिक्षा लिने गर्छ। यसका प्रमुख जनरल सुलेमानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीप्रति जवाफदेही हुन्छन्। उनलाई खमेनीको नजिकका व्यक्तिको रुपमा लिने गरिन्छ। उनलाई इरानका भविष्यका नेताको रुपमा लिने गरिन्थ्यो। सुलेमानीले सैन्य शक्तिको अलवा इरानको विदेश नीतिमा समेत विशेष प्रभाव राख्थे।

 

 

 

प्रकाशित: १८ पुस २०७६ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App