१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भाग मिलाउँदा ‘जम्बो’ राप्रपा

काठमाडौं-राप्रपा नेपाल र राप्रपा एकीकरणपछि एकीकृत पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणालाई आफू पक्षीय  नेतालाई  पद बाँड्न ठूलो सकस छ।

भागबन्डाकै मिलाउने क्रममा राप्रपामा अब उपाध्यक्ष ६, महमन्त्रीमा ६ र सहायक महामन्त्री २२, कोषाध्यक्ष २, प्रवक्ता २, सहायक प्रवक्ता ४ जना तोकिए। अध्यक्ष थापाले मंगलबार मात्र २२  नेतालाई सहायक महामन्त्री मनोनयन गरे।

२२ जनामा नपरेका महेश्वर रोकालगायत नेताले मंगलबारै बैठक गरी निर्णयको कडा विरोध गरेका छन् ।

सहायक महामन्त्रीमा  मनोयन गरिएका २२ नेताले मंगलबारै चिठी बुझिसकेका छन् । सहायक महामन्त्रीमा मनोयनन गरिएका जगत गौचन र अर्जुन राईले आफूलाई सहायक महामन्त्रीमा मनोनयन गरी मानमर्दन गरिएको भन्दै चिठी  बुझेका छैनन् ।

सहायक महामन्त्री मनोनयन गरिएकामा कुन्ती शाही, बिन्दु पहाडी, जगत गौचन, राम थापा, जयकुमार खड्का, तारानाथ लुइँटेल, राजेन्द्र श्रेष्ठ, प्रह्लाह शाह, धर्मराज जोशी, मीना सुवेदी, गणेश यादव, मुकुन्द, श्याम गिरी, मीरा राणा छन् । यसैगरी, सहायक महामन्त्रीमा मनोनयन भएकामा बृजलाल यादव, राजेश गिरी, मनोज प्रधान, भुपाल किराँती, रामप्रताप शाह, अर्जुन राई र मोहन यादव छन् ।

पार्टीका एक शीर्ष नेताले आगामी केही दिनभित्रै अरु आठ नेतालाई सहायक महामन्त्रीमा मनोनयन गर्ने तयारी भइरहेको बताए । हाल राप्रपाको केन्द्रीय समिति २ सय १५ सदस्यीय छ ।

३ सय जनासम्मको केन्द्रीय समिति बनाउने तयारी नेताहरुले गरेका छन् । यसैगरी, मंगलबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा ३८ सदस्यीय कार्यसम्पादन समिति र पशुपतिशमशेर राणाको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिएको छ ।

‘दुई पार्टीबीच एकीकरणपछि नेताहरुलाई मिलाउन यसरी पदाधिकारी संख्या बढाउनुपरेको हो,’ राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले भने । यसैगरी, सहायक महामन्त्रीमा मनोनयन गरिएका राजेश गिरीले दुई पार्टीबीचको एकतालाई बलियो बनाउन सहायक महामन्त्री संख्या बढाइएको बताए । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्री र प्रवक्तामा समेत थापा र राणाका मान्छे बराबरी रुपमा मनोनयन गरिएको छ । मंगलबार मनोनयन गरिएका सहायक महामन्त्रीमा पनि ११ सदस्य थापा, ११ सदस्य राणापक्षका छन्।

कुन पार्टी, कति ठूलो

माओवादी केन्द्रको केन्द्रीय समिति पार्टीको अहिलेसम्मकै सबैभन्दा ठूलो केन्द्रीय समिति हो । हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ३ हजार ९ सय ९९ छ । यसैगरी, यस पार्टीको हेडक्वाटर ३३ सदस्यीय र पोलिटब्युरो ९१ सदस्यीय छ ।

संसदको दोस्रो ठूलो दल एमालेको केन्द्रीय समिति संख्या १ सय ८४ छ । एमालेमा उपाध्यक्ष ५, उपमहासचिव २, महासचिव १ र सचिव ५ छन् । यसैगरी, संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसको हाल ७५ सदस्यीय केन्द्रीय समिति छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य, प्रवक्ता, उपसभपाति र एक महामन्त्री मनोनयन गर्न बाँकी छ।

प्रकाशित: ६ पुस २०७३ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App