coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मर्सिसाइड ‘डर्बी’मा लिभरपुल सफल

लिभरपुल(एएफपी)– साडियो मानेले अन्तिम मिनेटमा गोल गर्दै लिभरपुलाई १–० को जित दिलाउँदा प्रशिक्षक योर्गान क्लोपको पहिलो एभर्टन भ्रमण सुखद बनेको छ। जितसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

आत्मसम्मान र प्रतिष्ठाको लडाईका रुपमा हेरिएको मर्सीसाइड ‘डर्बी’मा दुवै टोली पाएका अवसर उपयोग गर्न असफल भइरहेका थिए । विपक्षी कप्तान जोर्डन हेन्डरसनमाथि खराव फाउल गर्दा पनि रेफ्री माइक डिनले एभर्टनका मिडफिल्डर रस बार्कलीलाई रातो कार्ड नदेखाएको घटना विवादास्पद रहयो । ६८ औ मिनेटमा बार्कलीले हेन्डरसनमाथि खराब फाउल गर्दा रेफ्रीले पहेँलो कार्डमात्र देखाएका थिए ।

इन्जुरी समयमा ड्यानियल स्टुरिजको पासमा मानेले गोल गर्दै लिभरपुललाई महŒवपूर्ण ३ अंक दिलाए । यस जितसँगै लिभरपुलको खातामा ३७ अंक पूगेको छ । शीर्ष स्थानको चेल्सीले ४३ अंक जोडेको छ । आइतबार राती आर्सलनलाई २–१ को नतिजामा पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटी(३६) तेस्रो स्थानमा झरेको छ । पछिल्ला ७ मध्ये एक खेलमामात्र विजय हासिल गरेको एभर्टन २३ अंकका साथ नवौं स्थानमा छ ।

‘आनन्द महसुस गरेको छु,’ क्लोपले भने, ‘राम्रो खेल सकिन धेरै समय लाग्यो । हामीले उनीहरुलाई कुनै अवसर दिएनौं । हामी जितको हकदार थियौं ।’

‘अन्तिम समयमा लिभरपुलका लागि वैकल्पिक खेलाडीको भुमिका महŒवपूर्ण रह्यो,’ एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले भने, ‘मध्यान्तरपछि हामीले खेल नियन्त्रणमा राख्न सकेनांै । हामी पनि जितका लागि सक्षम थियौं, तर आज हाम्रो दिन रहेन ।’

यद्यपी कोम्यानले रातो कार्ड सामना गर्नु नपर्दा मिडफिल्डर बार्कली भाग्यमानी ठहरिएको स्विकारे । उनले भने, ‘बार्कली भाग्यमानी रहे । त्यो रातो कार्ड पाउनुपर्ने फाउल थियो ।’

पछिल्ला ६ वर्षमा लिभरपुलविरुद्धका १९ ‘डर्बी’ खेलमा एभर्टनले एक पटकमात्र जित हासिल गरेको छ ।

पहिलो हाफमा एभर्टनले आक्रमक खेले पनि त्यही लयलाई निरन्तरता दिनसकेन । २२ औं मिनेटमा आरोन लेनोनको पासमा बार्कलीले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुकेको थियो ।

दोस्रो हाफको सुरूमै मिडफिल्डर जेम्स म्याककार्थी चोटका कारण बाहिरिएपछि लिभरपुल खेलमा हावी भयो।

५० औं मिनेटमा जेम्स मिल्नरको क्रसमा रोबर्टो फिर्मिनोले गरेको प्रहार एभर्टनका गोलकिपर मार्टिन स्केलेटनबर्गले बचाएपछि पाहुना टोली अग्रता लिने मौकाबाट चुक्यो।

५७ औं मिनेटमा मानेले फिर्मिनोसँग वान टु वान पासमा गरेको प्रहार रोक्ने क्रममा गोलकिपर स्केलटनबर्ग घाइते भएर मैदान छाड्दा एभर्टन थप दबाबमा परेको थियो। त्यसपछि वैकल्पिक गोलकिपर जोए रोबेल्सले एभर्टनको पोष्ट सम्हालेका थिए।

प्रकाशित: ६ पुस २०७३ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App