८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल मामला जानकार भारतीय नेता त्रिपाठी रहेनन्

नयाँ दिल्ली- राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा पूर्व सांसद डीपी त्रिपाठीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको हो। २९ नोभेम्वर १९५२ मा भारतको उत्तर प्रदेशको सुल्तानपुरमा उनको जन्म भएको थियो। त्रिपाठी नेपाल मामला जानकार मानिन्छन्।

उनी जवाहरलाल नेहरू विश्वविद्यालय स्टूडेन्ट यूनियनका पूर्व अध्यक्ष समेत हुन्। त्रिपाठीले भारतीय कांग्रेसबाट राजनीति सुरु गरेका थिए। पछि सोनिया गान्धीसँग टकराव भएपछि कांग्रेस छोडेर एनसीपीमा गएका थिए।

त्रिपाठीका तीन छोरा छन्। उनले इलाहावाद विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए। उनले जवाहर लाल नेहरू विश्वविद्यालयमा समेत पढाई जारी राखेका थिए। उनी एक नेताका अलवा सामाजिक कार्यकर्ता र लेखक पनि हुन्।

उनी २०१२ मा राज्यसभाका लागि निर्वाचित भएका थिए। उनले केही किताव समेत लेखेका छन्। जसमा प्ररुप, कांग्रेस एन्ड इंडिपेन्डेन्ट इंडिया, जवाहर सतकाम, सेलिब्रटिंक फौज र नेपाल ट्रान्जिसन ए वे फरवार्ड जस्ता पुस्तक लेखेका छन्।

 

 

प्रकाशित: १७ पुस २०७६ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App