coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशको टिममा नयाँ अनुहार

ढाका (एएफपी)– तीन नयाँ खेलाडीलाई समावेश गर्दै बंगलादेशले बिहीबारसुरु हुने न्युजिल्यान्डविरुद्धको तीन एक दिवसीय क्रिकेट शृंखलाका लागि टोली घोषणा गरेको छ ।
स्पिन अलराउन्डर तनवीर हैदर, सुवासिज रोय र स्पिनर मेहदी हसनले १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
खेल बिहीबार क्राइसचर्चमा सुरु हुनेछ । मेहदी र सुवासिजले बंगलादेशबाट टेस्ट क्रिकेट खेलिसकेका छन् । तर उनीहरुले न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीयमा ‘डेब्यु’ गर्नेछन् । मेहदीले अक्टोबरमा इङल्यान्डविरुद्धको टेस्ट शृंखलाबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । पहिलो पटक टेस्ट टोलीमा मौका पाउँदा उनले दुई खेलमा १९ विकेट लिएर चर्चा बटुलेका थिए । ढाकामा भएको दोस्रो टेस्टमा उनले १२ विकेट लिएपछि बंगलादेश १ सय ८ रनले विजयी भएको थियो ।

प्रकाशित: ६ पुस २०७३ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App