७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल प्रहरी र सशस्त्र प्रहरी पुरस्कृत

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी पुरस्कृत भएको छ। आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा सर्वोत्कृष्ट काम गरेको भन्दै बिहीबार पुरस्कृत भएको हो।  

अघिल्लो आर्थिक वर्षमा नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको थियो। त्यस्तै अध्यागमन विभाग ८४.६२ प्रतिशत र गृह मन्त्रालयले ७४.४१ बेरुजु फछर्यौट गरेर उत्कृष्ट बनेको घोषित छ।

सर्वोत्कृष्ट र उत्कृष्ट इकाइलाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कृत गरेका छन्। गृहमन्त्री थापाले गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल १०/१० हजार रुपैयाँसहित पुरस्कृत गरेका हुन्। 

त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उप–सचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर ८/८ हजार रुपैयाँसहित पुरस्कृत भएका छन्।

प्रकाशित: १७ पुस २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App