८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित तीन पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति पौने ९ बजेको समयमा त्रियुगा नगरपालिका ११ इमाटोलस्थित सोमबहादुर राईको घरबाट प्रतिबन्धित लागुऔषध नाईट्रोजन र गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ पर्नेमा घरधनीकै छोरा १९ वर्षीय प्रगत राई, त्रियुगा १२ ज्योतिनगरका २१ वर्षीय निश्चल चौधरी र सोही वडा इन्द्रेणी टोलका १४ वर्षीय राजेन्द्र कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुको साथबाट १८ पिस (गोटी) नाईट्रोजन र २ सय ५० ग्राम गाँजा बरामद भएको छ।

राति नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको एसपी मगरले बताएका छन्।

 

प्रकाशित: १७ पुस २०७६ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App